मानव बेचबिखनको रुप बदलिँदै, छालाको समेत व्यापार


प्रकाशित मिति : मंसिर २०, २०७४ बुधबार

मानव बेचबिखनको रुप बदलिन थालेको भन्दै चितवनका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । चितवनको भरतपुरमा माइती नेपालले आयोजना गरेको अन्तरक्रियामा न्यायाधीश, कानून व्यवसायी तथा अधिकारकर्मीले यस्तो बताएका हुन् ।

चितवनका जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले मानव बेचबिखनको रुप बदलिएर मानव तस्करमा पुगेको भन्दै यसको नियन्त्रणका लागि सरोकालवाला निकायको सामूहिक प्रयासको खाँचो रहेको औँल्याउनुभयो ।

मानव बेचबिखनविरुद्ध न्यायिक निकाय, प्रभावित सरोकारवाला तथा मानवअधिकार रक्षकबीच हिजो भएको अन्तरक्रियाका क्रममा न्यायाधीश शर्माले अहिले भारतमा मात्रै नभएर वैदेशिक रोजगारीको नाममा विश्वका अन्य मुलुकमा बेचबिखन तथा यौनशोषण हुने गरेको उल्लेख गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

माइती नेपालकी कानुन अधिकृत तथा अधिवक्ता सजनी जोशीले रुप बदलिएर वैदेशिक रोजगार र शिक्षा, झूटो विवाह, मसाज पार्लर, विभिन्न अंग बेचबिखन तथा छालाको व्यापारका लागि मानव तस्कर हुने गरेको पाइएको बताउनुभयो । “पछिल्लो समयमा खत मेट्न, स्वरुप बदल्न मानिसको छाला झिक्ने क्रम देखिएको छ”, जोशीले भन्नुभयो, “यस्ता घटनासमेत देखिन थाल्नु चुनौतीको विषय हो ।”

विश्वमा हरेक वर्ष २० लाख मानिस बेचबिखनमा पर्ने गरेको सो अवसरमा जानकारी दिइयो । तीमध्ये ७० प्रतिशत महिला र पाँच प्रतिशत बालबालिका छन् । सरोकारवालाले बेचबिखनमा फितलो कानून, सुनुवाइमा समस्या, न्यायको पहुँचमा कमी, उद्धार पुनःस्थापनामा समस्या देखिएको छ ।

कार्यक्रममा हालै माइती नेपालको प्रयासमा उद्धार गरिएकी एकजना पीडित महिलाले आफूलाई राम्रो जागिर भनेर ओमन लगे पनि २४ घण्टासम्म काममा खटाएर शारिरीक शोषण गरेको अनुभव सुनाउनुभयो । त्यस्तो समस्यामा सयौँ नेपाली महिला परिरहेको उहाँको भनाइ थियो ।

बार एशोसिएशन चितवनका अध्यक्ष गोविलाल देवकोटाले मानव बेचबिखनको स्वरुप बदलिएको भन्दै गाउँमा जिम्मेवार निकायलाई भेटेर परिचयपत्र देखाउँदै कामका लागि मान्छे लाने भनेर तस्करी हुने क्रम बढेको उल्लेख गर्नुभयो ।

माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीले स्नातक पढेकासमेत तस्करमा परेको भन्दै जुनसुकै समुदायसमेत प्रलोभनमा प्रभावित हुने गरेको उल्लेख गर्नुभयो ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com