पुटिन ‘टाइम पर्सन अफ दी इयर’को ‘सर्टलिस्ट’मा परेनन्


प्रकाशित मिति : मंसिर १९, २०७४ मंगलबार

१९ मंसिर, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘टाइम पर्सन अफ दी इयर’को ‘सर्टलिस्ट’मा परेनन् ।

टाइम पर्सन अफ दी इयरको घोषणा सन् २९२७ बाट सुरु भएको हो र गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पर्सन अफ दी इयर बनेका थिए ।

यो पटक ‘सर्टलिस्ट’मा परेका १० जनाको नाम सार्वजनिक भएको छ, जसमध्ये मध्ये एकलाई भोलि बुधबार टाइम पर्सन अफ दी इयर घोषणा गरिनेछ ।

‘सर्टलिस्ट’मा ट्रम्पसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङ, उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन, साउद अरबका युवराज मोहम्मद बिन सलमान, अमेजनका प्रमुख कार्यकारी जेफ बेजोस, वन्डर वुमन फिल्मकी निर्देशक प्याटी जेन्किन्स, एफबीआईका निर्देशनबाट बर्खास्त भएका जेम्स कोमे र अमेरिकी फुटबलर कोलिन केपरनिक छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तैगरी द ड्रिमर र मि टू अभियान पनि सर्टलिस्टमा परेको छ ।

द ड्रिमर ओमबाको डिर्फड एक्सन फर चिल्ड्रेन अराइभल प्रोगाम’ अन्य गर्ने सम्भावनाका बीच आप्रवासी आमाबुबासँगै अमेरिका पुगेका हजारौै बालबालिकाको भविश्यलाई दिएर भएको विरोधमा भएको आन्दोलन हो ।

मि टू महिला हिंसाविरुद्धको अभियान हो । हलिउड निर्माता हार्भी वाइन्सटिनको यौन दुर्ब्यवहारको खुलासा भएको हजारौं महिला मि टू अभियानमा सहभागी भए ।

तर, लगातार ३ वर्ष ‘सर्टलिस्ट’मा परेका पुटिन यो पटक १० जनाको सूचीमा अटाएनन् । उनी सन् २००७ मा वर्ष व्यक्ति समेत घोषणा भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com