भरतपुर महानगरपालिकामा मतपत्र च्यात्नेलाई मतगणनामा नराखिने


प्रकाशित मिति : मंसिर १९, २०७४ मंगलबार

चितवन, १९ मंसिर ।  स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने भएको छ ।

(अधिकृत कुलप्रसाद शर्मा)

मतपत्र च्यातेको अभियोगमा माओवादी केन्द्र निकट मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा चलिरहेको छ । उनीहरु जनही रु एक–एक लाख धरौटीमा छुटेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल पत्रकार महासंघ चितवन शाखा कार्यालयमा आज आयोजित मुख्य निर्वाचन अधिकृत र पत्रकारबीचको छलफलमा मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले पार्टी विशेषले मतपत्र च्यात्नेलाई प्रतिनिधि पठाउन पनि सक्छ, तर उनीहरुलाई फिर्ता पठाएर अर्काे प्रतिनिधि पठाउन आग्रह गरिने जानकारी दिँदै उहाँले भन्नुभयो, “म न्यायाधीश जसको मुद्दा हेरिरहेको छु, उनीहरुलाई अगाडि राखेर मतगणना प्रक्रिया अगाडि बढाउन चाहन्न ।”
उनीहरुलाई मतगणनामा बस्न कानूनले निषेध नगरे पनि नैतिक रुपमा मतगणनामा राख्न नहुने मुख्य निर्वाचन अधिकृत शर्माले बताउनुभयो ।

मतगणना महिला मैत्री 

जिल्लाको मतगणना महिला मैत्री बनाइने भएको छ । मुख्य निर्वाचन अधिकृत शर्माले गणनाको प्रारम्भमा कर्मचारी र सुरक्षाकर्मी महिला मात्रै राखिने बताउनुभयो । राजनीतिक दललाई पनि गणनामा महिला पठाउन आग्रह गरिएको र मतगणनाका सबै चरणमा कर्मचारी तथा सुरक्षाकर्मी महिला परिचालनका लागि प्रयास हुने उहाँको भनाइ छ ।
महिला स्वभावतः शालीन हुने भएकाले मतगणना व्यवस्थित गर्नका लागि महिला राख्न लागिएको चर्चा गर्दै मुख्य निर्वाचन अधिकृत शर्माले आधा सङ्ख्यामा रहेका महिलाले जिम्मेवारी पाएमा पूरा गर्न सक्छन् भन्ने कुरा प्रमाणित गर्न पनि महिलालाई परिचालन गर्न लागिएको हो । जिल्लाका तीन वटै निर्वाचन क्षेत्रको मतगणना एकै पटक गरिने भएको छ । भरतपुरको चितवन माध्यमिक विद्यालयको तीनतले भवनमा एउटा तलामा एउटा क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा गरी तीनवटा कोठामा गणना गरिने व्यवस्था गरिएको छ । तीन क्षेत्रको तीनवटा तलामा गणना गरिनेछ ।

गणनास्थलमा सिसी क्यामरा जडान गर्नेबारे छलफल भइरहेको, एउटा सिफ्टमा कर्मचारी र दलका प्रतिनिधि पनि नफेरी मतगणना गरिने, र गणनास्थलमा मोबाइल, ल्यापटप लगायतका कुनै पनि उपकरण लैजान नपाउने व्यवस्था गरिँदैछ । मुख्य निर्वाचन अधिकृत शर्माले मंसिर २२ गते बिहानबाट मतगणना थालेर चार दिनमा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने लक्ष्य लिइएको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com