Follow @khasokhasmag

हात्ती आक्रमणमा पाँच दिनमा चारजनाको मृत्यु


प्रकाशित मिति : मंसिर १९, २०७४ मंगलबार

मंसिर १९, २०७४जंगली हात्तीको आक्रमणमा परी सुनसरी र सप्तरीका पाँच दिनयता चारजनाको मृत्यु भएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्कने हात्तीले आसपासका गाउँ छिरेर आक्रमण गर्दा चारजनाको मृत्यु भएको हो ।

हात्तीले आक्रमण गर्दा कोसी गाउँपालिका ३ की ४५ वर्षीय सेवियादेवी सरदार र बेचनदेवी सरदरको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी सप्तरीको कञ्चनरुप नगरपालिका १० की ७० वर्षीया फुलुदेवी यादवको हात्ती आक्रमणमा परी मृत्यु भएको छ । घरैमा बसिरहेका बेला उनलाई हात्तीले आक्रमण गरेको थियो । यस्तै सुनसरीको बराहका ३८ वर्षीय रविलाल उरावको पनि हात्तीले आक्रमण गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । वन्यजन्तु आरक्षबाट निस्केर राति गाउँ प्रवेश गरी ज्यानै लिने अनि बालीनाली र घरमा क्षति पुर्‍याउने क्रम बढेको भन्दै स्थानीय बासिन्दाले सुरक्षाको व्यवस्था गर्न आरक्ष प्रशासन र प्रहरीको ध्यानाकर्षण गराएका छन् ।

 

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com