सप्तरीमा उम्मेदवारमाथि आक्रमण


प्रकाशित मिति : मंसिर १९, २०७४ मंगलबार

मंसिर, १९ सप्तरी । सप्तरीका एक जना उम्मेदवारमाथि आक्रमण भएको छ ।

अज्ञात समूहको आक्रमणबाट प्रदेशसभा ४ को २ बाट उम्मेदवारी दिएका सहमुद मियाँ घाइते भएका छन् । उनी संघीय समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन् ।

अन्तिम दिनको प्रचारप्रसार गरे बोदे बर्साइन(३ स्थित फर्किदैं गर्दा अज्ञात समूहले आफूमाथि आक्रमण गरेको उनले बताएका छन् ।

८, १० जनाको संख्यामा खुकुरी र रडले आक्रमण गरेको उनको भनाइ छ । आक्रमण लगत्तै ती व्यक्तिहरु फरार भएका छन् ।

मियाँको टाउको र हातमा प्रहार गरिएको छ । राति ११ बजेतिर आक्रमण भएको र निजी क्लिनिकमा उपचार गराएपछि अवस्था सामान्य बनेको छ । उनी घरमै आराम गरिरहेका छन् ।
onlinekhabar

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com