युरोपबाट बेलायतमा ट्रकमा कोचेर ल्याउदै गरिएका ११ जना आप्रवासीहरु मँहगो बेल्जियन चकलेट खाएर बाँचेको खुलासा भएको छ । १५ बर्ष मुनिका ३ जना सहित १० इराकी र १ अफगानी नागरिकहरु ट्रकको डिब्बाभित्र कोचिएको अवस्थामा फेला परेका हुन् ।
क्याफे नजिकै रोकिएको ट्रकको डिब्बाबाट मानिसहरु चिच्याएको र खटखटाएको आवाज आएपछि त्यहाँ पुगेको थियो । ट्रकको डब्बा बन्द गरेर चाबीमा ग्लु चप्काइएकाले प्रहरीले फायर सर्भिसलाई बोलाएर डब्बा खोलेको थियो । बेलायतको वारमिनिस्टरमा रहेको क्याफेका मालिकले उनीहरुले मंहगो बेल्जियम चकलेट खाएर बाँचेको बताएका छन् ।
ट्रकमा कोचिएका आप्रवासीहरुलाई गैरकानुनी रुपमा बेलायत छिर्न खोजेको आशंकामा नियन्त्रणमा लिइएको छ । उनीहरुलाई बेलायतबाट डिपोर्ट गरिने अधिकारीहरुले जनाएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।