श्रीलङ्का र भारतमा आँधीका कारण २६ जनाको मृत्यु


प्रकाशित मिति : मंसिर १७, २०७४ आईतबार

श्रीलङ्का र दक्षिणी भारतमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

आँधीपछि आएको बाढीका कारण हजारौँ जना प्रभावित भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

श्रीलङकातर्फ १३ जना र भारतको केरला र तमिल नाडुमा पनि उत्तिकै संख्यामा गरी २६ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

आँधी प्रभावित क्षेत्रमा बाढी, विद्युत, टेलिफोनको समस्या भएको छ । मौसमविद्हरुले अझै धेरै ठूलो वर्षा हुनसक्ने पुर्वानुमान गरेका छन् ।

अत्याधिक ठूलो वर्षा भएका कारण दक्षिणी भारतका नदीको पानीको सतह अझै माथि आउने चेतावनी दिइएको छ ।

श्रीलङ्काको प्रकोप व्यवस्थापन केन्द्रले १६ जिल्लाका ७७ हजार जना नागरिक आँधीबाट प्रभावित भएको जनाएको छ । प्रभावितमध्ये सबैभन्दा धेरै गाल्ले जिल्लाका रहेका छन् ।

प्रभावितमध्ये झन्डै चार हजार जनालाई श्रीलङ्काको उद्धार शिविरमा राखिएको केन्द्रले जनाएको छ ।

अधिकारीले अझै पनि प्राकृतिक प्रकोपको खतरा रहेको भन्दै सतर्क अवस्थामा रहन आह्वान गरेका छन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com