खुल्यो एयरक्राफ्ट म्युजियम


प्रकाशित मिति : मंसिर १७, २०७४ आईतबार

-सुरज कुँवर, काठमाडौं

मंसिर १७, २०७४-ठूला जेट विमानले एउटा देशबाट अर्को देशका लागि घण्टौंको उडानमा मालसामान (कार्गो) बोक्ने गर्छन् । यस्तो कार्गो बोक्न धेरै विकसित देशहरूमा छुट्टै विमान हुन्छन् । तर, ठूला कमर्सियल जेट विमानभित्र यात्रुका साथै कार्गो पनि बोक्ने फरक स्थान बनाइएको हुन्छ । तीनलाई कार्गो कम्र्पाटमेन्ट भनिन्छ । कार्गो कम्पार्टमेन्टभित्र मालसामान, मोटर, कार, खाद्यान्न, चौपाया आदि राखेर एउटा देशबाट अर्को देशमा लैजान सकिन्छ ।

तर, काठमाडौंको सिनामंगलमा राखिएको एउटा जेट विमानको कार्गो कम्र्पाटमेन्टमा भने हरेक दिन विद्यार्थीको भीड लाग्छ । उनीहरू त्यहाँस्थित एभिएसन म्युजियम कसरी बन्यो भन्नेबारे वृत्तचित्र हेरेर आनन्द लिइरहेका हुन्छन् । जहाजमा सबैभन्दा महँगो टिकट पर्ने अघिल्तिरको बिजनेस क्लासमा ४०/५० जना विद्यार्थी हुन्छन् । उनीहरू पनि आरामले कुर्चीमा बसेर

हवाईजहाज विज्ञानसँग सम्बन्धित वृत्तचित्र हेरिरहेका भेटिन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हवाईजहाजका विभिन्न पक्षहरूबारे धेरैभन्दा धेरै ज्ञान दिने उद्देश्यले धनगढीस्थित वेद उप्रेती ट्रस्टले सिनामंगलमा स्थापना गरेको दोस्रो विमान संग्रहालय गएको सोमबारदेखि सबैका लागि खुला भएको छ । सर्वसाधारणका लागि खुला गरिनुभन्दा ३ साताअघि कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि मात्रै खुला गरिएको थियो । यी २१ दिनमा काठमाडौं उपत्यका र काभ्रेका गरी ५० हजार विद्यार्थी यो संग्रहालय हेर्न आएका थिए ।

‘२१ दिनमा जति विद्यार्थी आए उनीहरूले निकै अभिरुचि र उत्सुकताका साथ अवलोकन गरे,’ क्याप्टेन वेद उप्रेतीले भने, ‘सबैले फोटो खिचे । अनि जहाजबारे सक्दो जानकारी लिए ।’

धेरै विद्यार्थीले यो म्युजियम विद्यार्थीका लागि निकै उपयोगी र जानकारीमूलक रहेको भनेर कमेन्ट बुकमा लेखेका पनि छन् । कतिले त भविष्यमा आफू पनि उड्डयन क्षेत्रमै करिअर बनाउने सोचसमेत व्यक्त गरेका छन् । राजधानीकै एक विद्यालयमा कक्षा १० मा अध्ययनरत ऐश्वर्या राईले लेखेकी छन्, ‘म भविष्यमा एयरहोस्टेस बन्नका लागि यहाँबाट प्रेरित भएँ ।’ त्यस्तै अर्की छात्रा रक्षा राजवंशीले लेखेकी छिन्, ‘ सिकाइका लागि यो धेरै राम्रो थलो रहेछ । म आशा गर्छु, भविष्यमा थुप्रै नेपाली विद्यार्थीले उड्डयन क्षेत्रमा आफ्नो करिअर बनाउने छन् ।’ अनि समिक सुब्बाले आफ्नो भविष्यको पेसा जहाजसँगै सम्बन्धित हुने धारणा राखेका छन् ।

ऐश्वर्य, रक्षा र समिकजस्तै धेरै विद्यार्थीले यो संग्रहालयबाट आफूमा हवाई यातायातप्रति रुचि जागेको आशय व्यक्त गरेका छन् ।

केहीले भने यो संग्रहालयको सुधारका लागि सकारात्मक सुझावहरूसमेत दिएका छन् ।

त्यसो त जहाजभित्र सक्कली सिट छैनन् । किनभने यसको इन्जिन, ककपिटभित्र रहेका यन्त्र उपकरण, सिट आदि निकै महँगो हुन्छ । त्यसैले विमान खरिद गर्ने टर्किस टेक्निक नामको कम्पनीले संग्रहालयका लागि विमान लिनुअघि नै ती उपकरण इस्तानबुल लगिसकेको थियो ।

त्यसैले केही विद्यार्थीले जहाजका सिटहरूजस्तो हो त्यस्तै हुनुपर्ने विचार राखेका हुन् । इन्जिनलगायत ककपिटमा सक्कली नेभिगेटरहरू जडान गरिए जहाज विज्ञानबारे अझ धेरै जानकारी पाइने उनीहरूको भनाइ हो ।

तर, एउटा बिग्रेको विमानभित्र जेजति बनाइएको छ, त्यो पनि आफैंमा कम भने छैन । क्याफे, वृत्तचित्र हल र फोटो ग्यालरी हेर्न लायक छन् । युद्धकालमा प्रयोग गरिएका जहाजका मोडल, हाल संसारभर उडानमा रहेका जेट कमर्सियल विमान, नेपालको हवाई इतिहासमा प्रयोग भएका पुराना जहाज आदिका नमुना यहाँ देख्न पाइन्छ । चिडियाखाना, नारायणहिटी, दरबार, मठमन्दिरलगायत स्थानमा शैक्षिक भम्रणमा जाने विद्यार्थीका लागि यो विमान संग्रहालय (एभिएसन म्युजियम) छुट्नै नहुने गन्तव्य हो ।

जहाजबारे रुचि राख्ने र भविष्यमा पाइलट, एरोनटिकल इन्जिनियर, एयरहोस्टेस, फ्लाइट एटेन्डेन्ट, एयर ट्राफिक कन्ट्रोलरलगायतका इन्जिनियरिङ पेसा अपनाउनेका लागि पनि यो पहिलो प्रेरणाको स्रोत हुन सक्छ ।

संसारभरका नागरिक उड्डयन संस्थाहरूको छाता संगठन अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ) ले विश्वभर यस्तै जनशक्ति बढाउन ‘आगामी पुस्ताका नागरिक उड्डयनकर्मी कार्यक्रम’ (एनग्याप) चलाइरहेको छ । यसै अभियानअन्तर्गत यो संग्रहालय सञ्चालन गरिएकाले नेपालभरका माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थीका लागि टिकट शुल्क छुट दिइएको छ ।

यहाँभित्र अवलोकन गर्न सर्वसाधारणले २ सय ५० रुपैयाँ तिर्नुपर्छ । अपांगता भएकाले १ सय २५ रुपैयाँ तिरे पुग्छ । ५ वर्षसम्मका बालबालिकालाई टिकट लाग्दैन । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई विद्यालयको सिफारिसपत्रका आधारमा नि:शुल्क प्रवेश दिइन्छ । अन्य विद्यार्थीले परिचयपत्र देखाएर १ सय २५ रुपैयाँ तिरे पुग्छ ।

यो संग्रहालय नागरिक उड्डयन प्राधिकरणको करिब १८ रोपनी जग्गामा छ । यहाँभित्र सानो हेलिकप्टर पनि राखिएको छ । ट्रस्टले मासिक करिब ५ लाख रुपैयाँ भाडा तिर्ने गरी यो ठाउँ १० वर्षका लागि लिएको हो । ट्रस्टले संग्रहालय बनाउन करिब ७ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।

टर्कीको राजधानी इस्तानबुलबाट काठमाडौंका लागि उडेको टर्किस ध्वजाबाहक यो विमान २०७१ फागुन २० गते काठमाडौंमा अवतरणका क्रममा धावनमार्गमै दुर्घटनामा परेको थियो । आठ महिना मात्रै उडेको एयरबस कम्पनीको ३३०–३०० सिरिजको यो विमान विश्वभर कतै पनि संग्रहालयमा प्रयोगमा छैन ।

Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com