यी युवाले गरेका थिए ट्रम्पको ट्वीटर एकाउन्ट बन्द


प्रकाशित मिति : मंसिर १५, २०७४ शुक्रबार

गत नोभेम्बर २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट ११ मिनेटका लागि बन्द भयो । ट्वीटरमा कार्यरत एकजना खराब कर्मचारीले कामको अन्तिम दिन ट्रम्पको एकाउन्ट नै बन्द गरिदिएको ट्वीटरले जनाएको थियो । अहिले ट्रम्पको एकाउन्ट बन्द गरिदिने ट्वीटरमा कार्यरत ती कर्मचारीले आफ्नो परिचय सार्वजनिक गरेका छन् ।

बाहतियार दुसक नामका जर्मन नागरिकले ट्रम्पको ट्वीटर एकाउन्ट बन्द गरिदिएको सार्वजनिक गरेका छन् । ती कर्मचारी अमेरिकामा विद्यार्थी र कामदारका भिसामा रहेको बखत ट्वीटरको ट्रस्ट एण्ड सेफ्टी डिभिजनमा ग्राहक सेवामा कार्यरत थिए । उनको काम गैरकानुनी र खराब ट्वीटबारे परेका उजुरीसँग डिल गर्नु रहेको थियो ।

ट्वीटरमा काम गर्दाको अन्तिम दिन कसैले ट्रम्पको ट्वीटर एकाउन्टबिरुद्ध गरेको रिपोर्ट प्राप्त भएपछि उनले ट्रम्पको ट्वीटर एकाउन्ट बन्द गरिदिएका थिए । तर पछि यसबारे कैयन समाचारहरु आएपछि उनले आफूले गल्ती गरेको महसुस गरेका थिए । उनले ट्रम्पको एकाउन्ट बन्द नै होला भन्ने सोंचेर आफूले कदम नचालेको बताएका छन् ।

अहिले उनी जर्मनीमा फर्किसकेका छन् । उनले आफूलाई प्रविधिको काममा रुची नभएको र बित्त क्षेत्रमा काम गर्ने बताएका छन् । उनले आफूले ट्वीटर र अमेरिकालाई माया गर्न समेत बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com