प्रधानमन्त्री देउवा निवास नजिकै वम विस्फोट, सर्वसाधारण आतंकित
प्रकाशित मिति : मंसिर १५, २०७४ शुक्रबार

काठमाडौं, १५ मंसिर । बुढानिलकण्ठ नगरपालिका वडा नं. २ मा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको निवासको दक्षिण कम्पाउण्ड नजिकै अहिले साँझ शक्तिशाली वम विस्फोट भएको छ । काठमाडौँको उत्तरी भेक नै हल्लिने गरी आएको आवजसँग यस भेकका जनता भने आतंकित भएका छन् । प्रहरी घटना स्थलमा पुगिसको छ ।
यता प्रधानमन्त्रि देउवाले केदिन अघिमात्र शुरक्षा निकार्यका प्रमुखलाई बोलाई शान्ति शुरक्षा ब्यवस्थित र कडा गर्न निर्देशन दिए कै केहि दिनमा देशभर बम आतंक झनै बढेर गएको छ । यसरी राजधानीका सुरक्षित मानिएका स्थानमा यसरी बम विष्फोट भएपछि कसरी देउवा नेतृत्व सरकारले हरेक नेपालीको जिउ ज्यानको रक्षा गर्न सक्छ ।