झापाको सीमा क्षेत्रको सुरक्षा व्यवस्था विशेष निगरानीमा


प्रकाशित मिति : मंसिर १५, २०७४ शुक्रबार

मंसिर १५ भद्रपुर, ९झापा० प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन एक सातापछि हुन लागेकाले
सीमा क्षेत्रमा तैनाथ नेपाल तथा भारत दुवै देशका सुरक्षाकर्मीले निर्वाचनलाई लक्षित गर्दै झापाको खुल्ला सीमा क्षेत्रमा विशेष निगरानी बढाएका छन्।
भारतबाट नेपाल प्रवेश गर्ने र नेपालबाट भारत जाने नागरिकमाथि निगरानी गर्न थालिएको छ। सुरक्षाकर्मीले जिल्लाका विभिन्न स्थानमा संयुक्त रुपमा सीमा गस्तीसमेत बढाएको छ। नेपालको तर्फबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय एसएसबी, विहार तथा बंगला प्रहरीले सीमा सुरक्षामा निगरानी गरिरहेका छन्।

निर्वाचन नजिकिएसँगै केही दिन सीमा संयुक्त गस्ती बढाएको झापाका प्रहरी उपरीक्षक ९एसपी० बिष्णुकुमार केसीले जानकारी दिए। उनका अनुसार १५ जना सशस्त्र प्रहरी, ९ जना नेपाल प्रहरी र १६ जना भारतीय एसएसबी र प्रहरी गरी ४० जनाको सुरक्षाकर्मीको टोलीले झापाका सीमा क्षेत्रमा नियममित गस्ती सुरु गरेको हो। निर्वाचनको समय नजिक आउदै गरेको समयमा सीमामा हुनसक्ने आपराधिक क्रियाकलापलाई ध्यानमा राखेर दुवै देशका सुरक्षाकर्मीले गस्तीलाई तीव्र बनाइएको एसपी केसीले बताए। संयुक्त सुरक्षाकर्मीको टोलीले भारतसँग जोडिएको झापाको दक्षिणी तथा पश्चिम क्षेत्र काकँडभिट्टा, भद्रपुर, केचना, टागनडुब्वा, गौरीगञ्ज, घेरावारी मा गस्ती गरिरहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका एसपी रमेश सुवेदीले बताए। सशस्त्र प्रहरी र नेपाल प्रहरीले अवस्था हेरेर क्रमश गस्ती गर्दै झापाका सबै सीमा क्षेत्रमा पुग्ने एसपी सुवेदीको भनाइ छ। संयुक्त गस्तीमा नेपालको तर्फबाट अधिकृत स्तरका प्रहरीको कमाण्ड रहनेछ भने भारतीय तर्फबाट पानीटयाकी, गलगलिया, देवीगञ्ज, भातगाउ, ठाकुरगञ्ज, कादोगाउँ, डिगलबैक, लगायतका थाना इन्चार्जको कमाण्डमा हुने गरेका सुवेदीले बताए। झापामा १ सय १८ किलोमिटर सीमा क्षेत्र रहेको छ भने मुख्य, सहायक, साना र रिफरेन्स गरि ९ सय ३ वटा स्तम्भ रहेको सीमा सुरक्षा कार्यालय झापाले जनाएको छ। यसैबीच वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर सीमा क्षेत्रमा भारतीय एसएसबी, प्रहरीसँग संयुक्त रुपमा सीमा गस्ती सुरु गरिसकेको वडाका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले बताए। चौधरीका अनुसार भारतीय सुरक्षाकर्मीको सहयोगमा सीमा क्षेत्रमा चेकजाँचलाई पनि तीव्रता दिइएको छ। त्यस्तै सशस्त्र प्रहरी बल व्यास क्याम्प केचनाले पनि भारतीय एसएसबीसंगको सहकार्यमा सो क्षेत्रमा सीमा गस्तीलाई बढाएको सशस्त्र प्रहरी निरीक्षक विभुराज दाहालले जानकारी दिए। विहार राज्यसंग जोडिएको केचना सुरक्षाको दृष्टिकोण अति संवेदनशिल मानिएकोले विशेष निगरानीलाई ध्यान राखेर चौबीसै घण्टा सशस्त्र प्रहरी परिचालन गर्दै आइरहेको उनले बताए। यता काकँडभिटटा नाकामा केही दिन अघिदेखि नै डक मिसन सुरु भइसकेको छ। सीमाक्षेत्रमा कुकुरले नै चेकजाँच गरिरहेको प्रहरीले जानकारी दिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com