प्रचण्डलाई शक्तिशाली राष्ट्रपति बन्न गजुरेल प्रस्ताव(भिडीयो सहित)


प्रकाशित मिति : मंसिर १३, २०७४ बुधबार

सुदुर पश्चिमको मान्छेले सभामुख चलावस्
सुदुर पुर्वको मान्छेले प्रधानमन्त्री पावस्
तराईको मान्छेले रक्षामन्त्री खावस्
चितवन जिल्लाले शक्तिशाली राष्ट्रपति चलावस्

चितवन,
पहिलो चरणको निर्वाचन सकिएसगै दल र नेताहरु दोस्रो चरणको निर्वाचनमा होमिएका छन्। निर्वाचनको परिणाम आउन १० दिन बढी बांकी रहेपनि गाउवेसीमा भने अब बन्ने सरकारको पद विभाजन सुरु भैसकेको छ । चितवनमा भएको एक चुनावी सभामा कलाकार मनोज गजुरेलले अब बन्ने सरकारको पद बाडे ।

कलाकार मनोज गजुरेलले चितवनलाई शक्तिशाली राष्ट्रपति दिंदै गर्दा चितवनवासीले ताली मात्र बजाएनन् प्रचण्डले जुंगा पनि मुसार्दै थिए । जनयुद्धकै बेलादेखि कार्यकारी राष्ट्रपतिको बहस गर्दै आएको माओवादी अध्यक्ष प्रचण्डलाई शक्तिशाली राष्ट्रपतिको कुरा गर्दा आफ्नो एजेण्डाले स्थान पाएको महशुस भएको अनुभूति गरिरहेका थिए । माओवादीले लगातार कार्यकारी राष्ट्रपतिको पक्षमा बहस गर्दै आएपनि संविधान निर्माणको क्रममा कार्यकारी राष्ट्रपतिको एजेण्डा स्थगन गरेको थियो । बाम गठबन्धनले आफ्नो घोषणापत्रमा कार्यकारी प्रमुखको विषयमा मौनता सा“धेपनि कलाकारहरुले चितवनमा शक्तिशाली राष्ट्रपतिको वकालत गरेका छन् । प्रचण्डले चितवनमा धेरै कुरा गरेनन् खाली आफुलाई प्रचण्ड बनाउने नै चितवन हो भन्दै चितवनको स्वार्थ आफ्नो पनि स्वार्थ भएको जिकीर गरे । उनले कलाकारहरुले भने जस्तै राष्ट्रिय एकतामा जोड दिएर आफुले मधेस र पहाडलाई जोड्नकै लागि रोल्पादेखि काठमाडौ र काठमाडौदेखि सिरहाको उम्मेदवार बनेको दाबी गरे ।
अध्यक्ष प्रचण्ड पहिलो संविधानसभामा निर्वाचनमा रोल्पाबाट र दोस्रोमा काठमाडौ र सिरहाबाट उम्मेदवार बनेका थिए । चितवनको सभामा अपेक्षाकृत छोटो भाषण गरेका प्रचण्डले कम्युनिष्टको ५० वर्ष शासन गर्ने विषयमा विपक्षहरुले आलोचना गरिरहेका बेला पहिलो ५ वर्षमा कम्युनिष्ट सरकारले राम्रो काम गरे ५० वर्ष नेपालमा कसैले कम्युनिष्टहरुलाई हराउन नसक्ने समेत प्रचण्डले बताए ।
कलाकरहरुले भने जस्तै राष्ट्रिय एकता कायम गर्न भोलिको बाम सरकारले सबैलाई समेटेर पद विभाजन गर्ला वा नगर्ला त्यो मंसिर २१ पछि नै थाहा होला । तर विगत दोहो¥याउंदै कमा र फुलस्टपको निहु“ बनाएर पार्टी विभाजन गर्ने काम भने कम्युनिष्टहरुले बन्द गर्नै पर्दछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com