सुत्केरी बोकेको जीप कालिकोटमा दुर्घटना हुँदा तीन जनाको मृत्यु


प्रकाशित मिति : मंसिर १३, २०७४ बुधबार

मंसिर १३, कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् ।

मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नम्बरको बलेरो जिप कालीकोटको जिल्ला अस्पताल मोडमा आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुगु भिइ–७ का ४५ वर्षीया जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षीयका नरविक्रम मल्ल र जुम्ला चन्दनाथ–१४ कार्तिकस्वामिका यदुराज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । मुगुबाट सुत्केरी महिलासहित नौ जना यात्रु रहेको बताइएको छ ।

छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । घाइते हुनेमा मुगुका विष्णुराज धामी, लक्ष्मी रावत, किसिम काकी, मायालक्ष्मी मल्ल, हुम्लाका सन्तबहादुर शाही र बाँके नेपालगञ्जका चालक यन्द्रप्रसाद थारु रहेको बताइएको छ ।
घाइतेको उपचार जिल्ला अस्पताल कालीकोटमा भइरहेको बताइएको छ । जिप दुर्घटना के कति कारणले भएको हो भन्ने कुराको समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । जिपको नम्बर प्लेटसमेत नभएको प्रहरीले जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com