चुनावले झण्डा र पेट्रोलको व्यापार बढायो


प्रकाशित मिति : मंसिर १२, २०७४ मंगलबार

मंसिर १२, पोखरा २६ विजयपुरका राम गुरुङ अहिले बिहानदेखि बेलुकासम्म निर्वाचनको प्रचारमा हिँड्न व्यस्त छन् । बिहानैदेखि मोटरसाइकलमा हिँड्दा दैनिक ३र४ लिटर पेट्रोल खपत हुने उनले बताए।

‘आफूले भनेजस्तो उम्मेदवारलाई जिताउन घरदैलो गर्ने बेला यही हो,’ उनले भने, ‘त्यसैले अहिले प्रत्येक दिन बिहानैदेखि रातिसम्म मोटरसाइलकमै गुड्नुपर्ने अवस्था छ। त्यसैले दिनमा ४र५ लिटर पेट्रोल सकिन्छ।’

पोखराको रामबजारमा फेन्सी पसल सञ्चालन गरेका उनले अन्य समयमा महिनामा १० लिटर पेट्रोलले पुग्ने गरेको उनले बताए। निर्वाचनमा प्रत्येक उम्मेदवारको चुनावी प्रचारप्रसारमा २र३ वटा जिप र १२र१५ वटा मोटरसाइकल दैनिक प्रयोग हुने गरेको उनले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूले सक्षम उम्मेदवारलाई विजयी गराउन उम्मेदवारी दर्ता गराएको दिनदेखि नै घरदैलो र प्रचारप्रसारमा खटिएको पोखरा चाउथेका ४५ वर्षीय श्रीकृष्ण पोखरेलले बताए। मोटरसाइकलमा हिँड्ने गरे पनि आफंैले पेट्रोलको खर्च जुटाउँदै आएको उनले बताए। एकैपटक १३ लिटरसम्म मोटरसाइकलमा पेट्रोल हालेपछि ३र४ दिनसम्म ढुक्क हुने गरेको उनले सुनाए। ‘मन परेको उम्मेदवारलाई जिताउने बेला यही हो भनेर खटिएको छु,’ उनले भने, ‘यस्तो बेलामा आफ्नो तर्फबाट पनि खर्च त गर्नै पर्‍यो नि।’

आफूले फाइवरको झोलाको होलसेल व्यापार गर्दै आए पनि उम्मेदवारले झन्डा बनाउन फाइवर झोलाको प्रयोग गर्न थालेपछि झोलाको मूल्य बढेको पोखरा न्युरोडका झोलाका होलसेल व्यापारी वीरेन्द्र पन्थले बताए। एक केजी झोलाको बजार मूल्य २ सय ३० रुपैयाँमा आफूले बेच्दै आए पनि अहिले प्रति केजीको १५ रुपैयाँ बढी लिनुपरेको उनले बताए। आफूले विभिन्न पार्टीको गरेर १० हजार हाराहारी झन्डा तयार गरेर प्रदान गरेको नयाँ बजारमा स्क्रिन प्रिन्ट गर्दै आएका सुरज थापाले बताए। पार्टीको झन्डा बनाउने कामले गर्दा अन्य काम गर्न नपाइएको उनले जानकारी दिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com