ट्रम्पद्वारा गरिएको नियुक्ति विवादमा


प्रकाशित मिति : मंसिर १२, २०७४ मंगलबार

अमेरिकामा संघीय वित्तीय निगरानी गर्ने निकायको प्रमुखका रुपमा प्रारम्भिक सिफारिश गरिएका व्यक्तिको सट्टा एकजना निकट सहयोगीलाई राष्ट्रपति डोनल्ड ट्रम्पले अस्थायी रुपमा नियुक्त गरेपछि विवाद चुलिएको छ।

उक्त ब्यूरोका प्रमुखले राजीनामा दिएपछि उनको उत्तराधिकारीमा सिफारिश गरिएकी एक अधिकारीले राष्ट्रपति ट्रम्पको निर्णय बदर गराउने प्रयास गरेकी छन्।

ट्रम्पले नियुक्त गरेका माइक मल्भेनीले ‘कन्जुमर फाइनान्सियल प्रोटेक्शन ब्यूरो’ भनिने उक्त निकायलाई कुनैबेला ‘एउटा बिरामी र दुखद मजाक’ भएको भनेर व्यंग्य गरेका थिए।

धेरै रिपब्लिकनहरु उक्त निकायले आफ्नो शक्तिको एकदमै धेरै प्रयोग गर्ने र विभिन्न नियमहरु देखाएर ब्याङ्कहरुलाई बढी नियमन गर्ने गरेको बताउँछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विवाद

राष्ट्रपति ट्रम्पले स्थायी अधिकारी नियुक्त नहुञ्जेल मल्भेनीलाई सो निकाय हेर्ने जिम्मेवारी दिएका छन्।

उक्त निकायबाट बाहिरिएका निर्देशकले आफ्ना उत्तराधिकारीका रुपमा लीयाण्ड्रा इंग्लिशलाई चयन गरेका थिए।

लीयाण्ड्राले उक्त विषयलाई अदालतमा लैजाने बताएकी छन्।

त्यसबारे प्रतिक्रिया दिँदै मल्भेनीले भने, “मलाई आश्चर्य लागेको छैन, इंग्लिशले थालेको उत्तराधिकारीसम्बन्धी चुनौतीको हामीले सामना गरिरहेका छौँ।”

हकदार

अमेरिकातस्वीर 

ह्वाइट हाउसकी एकजना प्रवक्ताले कानूनी रुपमा मल्भेनी उक्त ब्यूरोको कार्यकारी निर्देशकको जिम्मेवारी पाउन हकदार भएको बताएकी छन्।

एकजना न्यायाधीशले उक्त मुद्दाको छिट्टै सुनुवाइ गर्न लागेका छन्।

यो कानूनी लडाइँले अमेरिकी वित्तीय प्रणालीलाई कसरी नियमन गर्ने भन्नेबारे देखिएका परस्पर विरोधी धारणालाई प्रतिविम्बित गर्नेछ।

वाशिङ्टनबाट बीबीसीकी बारबरा प्लेट अशर भन्छिन्, अहिले खास अस्थायी नेतृत्वको विवाद देखिएपनि अन्तत: राष्ट्रपति ट्रम्पले नियुक्त गर्ने स्थायी प्रतिनिधिले उक्त निकायका धेरै कामहरुलाई निस्तेज पार्ने अपेक्षा गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com