२६ जिल्लाका मतपेटिका सदरमुकाममाः आयोग


प्रकाशित मिति : मंसिर १२, २०७४ मंगलबार

प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको मतदान सम्पन्न भएका ३२ मध्ये २६ जिल्लाका मतपेटिका जिल्ला सदरमुकाम ल्याइएको निर्वाचन आयोगले जनाएको छ।

बाँकी ६ जिल्लाका ७१ मतदान स्थलका मतपेटिका सदरमुकाम ल्याउने कार्य भइरहेको अधिकारीहरुले बताएका छन्।

आयोगका अनुसार २ हजार ९ सय १७ मतदान स्थलमध्ये अब संखुवासभाका ९, भोजपुरका ६, डोल्पाका २०, मुगुका १०, जाजरकोटका २५ र दार्चुलाका एक गरी ७१ मतदान स्थलका मतपेटिका सदरमुकाममा संकलन हुने क्रममा छन्।

छ वटै जिल्लाका बाँकी मतपेटिकालाई सडकमार्ग र हवाईमार्गबाट ल्याउने काम भइरहेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मतपेटिका “विशेष सुरक्षा निगरानीमा” राखिने

निगरानी

मंगलवार साँझसम्ममा बाँकी मतपेटिकाहरु सदरमुकाम पुर्‍याइसकिने आयोगले जनाएको छ।

आइतवार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुन्न पहिलो चरणको मतदान भएको थियो।

मतपेटिका

आइतवार निर्धारित ४ हजार ४ सय ६५ मतदान केन्द्रमध्ये दुईवटा मतदान केन्द्रमा मात्रै पुन: निर्वाचन गरिनुपर्ने आयोगले बताएको छ।

आयोगले दोस्रो चरणको चुनाव नहुञ्जेल मतपेटिकाहरुलाई ‘विशेष सुरक्षा निगरानीमा’ राखिने जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com