नेतृ सू चीलाई दिइएको सम्मान ‘फिर्ता’


प्रकाशित मिति : मंसिर १२, २०७४ मंगलबार

म्यानमारकी नेतृ आङ सान सू चीलाई दिइएको ‘फ्रीडम अफ द इंग्लिश सिटी अफ अक्सफर्ड’ सम्मान फिर्ता लिइएको छ।

सन् १९६० को दशकमा उनले त्यहाँ विश्वविद्यालय तहको शिक्षा आर्जन गरेकी थिइन्।

स्थानीय काउन्सिलरहरुले म्यानमारका अल्पसंख्यक रोहिंज्यामाथिको दमनबारे सू चीले कुनै कदम नचालेको आरोप लगाएका छन्।

उनीहरुले हिंसाप्रति आँखा चिम्लिनेहरुलाई सम्मान गर्न नसकिने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अक्सफर्डबाट हटाइयो नेतृ सू चीको तस्वीर

नरसंहार

यसअघि प्रसिद्ध अक्सफर्ड विश्वविद्यालयको सेन्ट ह्युज कलेजले सू चीको तस्वीर कलेजबाट हटाइसकेको छ।

संयुक्त राष्ट्रसंघले म्यानमारको सेनाले मुस्लिम रोहिंज्यामाथि गरेको व्यवहारलाई ‘पाठ्यक्रममा उल्लेख गर्ने खालको नरसंहार’ भन्दै आएको छ।

तर सू चीले त्यो अस्वीकार गर्दै आएकी छन्।

सू चीतस्वीर 

गत अगष्ट महिनायता ६ लाखभन्दा बढी रोहिंज्या मुस्लिमहरु म्यानमारबाट भागेर बांग्लादेश पुगेका छन्।

पछिल्लो समय कतिपयले सू चीलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कार फिर्ता लिनुपर्ने आवाज उठाउँदै आएका छन्।

गत सेप्टेम्बरमा एउटा सम्बोधनका क्रममा उनले मानवअधिकार उल्लंघनको निन्दा गरे पनि देशको सेनामाथि कुनै आरोप लगाइनन् र ‘जातीय सफाया’ भइरहेको आरोपबारे पनि केही बोलिनन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com