हुम्लामा तारा एयरको विमान दुर्घटना, पाइलटसहित पाँच जना प्रहरी घाइते
प्रकाशित मिति : मंसिर १२, २०७४ मंगलबार

काठमाडौं, १२ मंसिर । हुम्लाको सिमीकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ ।
विमानस्थलबाट उडान भर्ने क्रममा विमान दुर्घटना भएको प्रदेश नम्बर ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले जानकारी दिनुभयो । दुर्घटनामा पाइलटसहित पाँचजना प्रहरी घाइते भएका छन् ।
निर्वाचन सम्पन्न गरेर प्रहरी लिएर सुर्खेत आउने क्रममा विमान दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको सिमीकोटमै उपचार भइरहेको छ । उद्दार जारी छ ।
दुर्घटनामा विमानको अगाडिको भागमा क्षति भएको छ । विमान दुर्घनाबारे थप अनुसन्धान भइरहेको छ भने उद्दारको काम जारी छ ।