शोकाकुल प्रचण्डलाई बद्रिको सांगीतिक मल्हम (भिडीयो सहित)


प्रकाशित मिति : मंसिर ११, २०७४ सोमबार

एउटा प्रकाशले छाडेर गए
हजारौ प्रकाश तिम्रो साथमा छ ।
प्रचण्ड तिमी भुल्दै नभुल्नु
करोडौको भविश्य तिम्रै हातमा छ ।
आफन्तको पहिचान तव हुन्छ जव कसैलाई दुःख परेको हुन्छ । सुखमा साथ दिने त दुनियामा जो कोहीपनि हुन्छन् । शोकका बेला जसले साथ दिन्छ त्यहि नै जिवनमा सबैभन्दा नजिकको मित्र बन्न सक्दछ । पुत्रशोकले भाव बिह्वल भएका प्रचण्ड परिवारमा पनि यतिबेला मित्र पहिचान गर्ने बेला आएको छ । देश र बिदेशका मित्रहरुले समबेदना ब्यक्त गरिरहेका बेला पुत्रशोकका बिच निर्वाचनमा होमिएका प्रचण्ड परिवारलाई कलाकारहरु प्रचारस्थलमै पुगेर आंशु नबगाउन सल्लाह दिएका छन् ।
लोक गायक बद्रि पंगेनिले आंशु नबगाउन सल्लाह दिंदै चितवनको माडीमा पुगेर गीत गाईरहंदा प्रचण्ड चितवनको बिकासको नक्सा कोरिरहेका थिए । आफ्नै कर्मभूमिका पहिलोपटक उम्मेदवार बनेर चितवन पुगेका प्रचण्डलाई संगीतको शब्दमा समवेदना ब्यक्त गरिरहंदा उपस्थित जनमानस भावुक बनेपनि प्रचण्ड भने चितवनको समृद्धि र बिकासमा केन्द्रित हुने प्रतिबद्धता ब्यक्त गरिरहेका थिए । हप्तादिन अघि छोरा गुमाएपनि प्रचण्ड परिवारले चितवनका हजारौ युवाहरुमा प्रकाश देखिरहेका थिए ।
बिकास र स्थिर सरकारका लागि वामगठबन्धनको बिकल्प नरहेको बिषय बद्रिको गीतको भाकामा गुन्जंदा चितवनबासीमा एउटा आत्मा बिश्वास पलाएको सजिलै अनुमान गर्न सकिन्थ्यो । पैसा र बिकासे नाराको पोको बांडिरहेका प्रतिद्धन्दीको वास्तविकाता खोल्न पनि भ्याएका बद्रिले भाषण र आश्वासन भन्दा चितवनलाई बिकास चाहिएको र बिकासका लागि प्रचण्डको बिकल्प नभएको भाका गुन्जाउंदै थिए ।
बद्रि भन्दै थिए ।
भाषण गर्ने आश्वासन बांड्ने जतिनी पाईन्छ ,
चितवन जिल्लाको विकास गर्न प्रचण्ड चाहिन्छ ।
चितवनको निर्वाचनलाई संगीतमय बनाईरहेका कलाकारहरुका बिच बिगत स्थानीयतह निर्वाचनमा प्रचण्ड पुत्रीको प्रतिद्धन्दी बनेका देवि ज्ञवालीले आफुहरुले नै प्रचण्डलाई बिकासका लागि चितवनमा उम्मेदवार बनाएको उदघोष गर्दा हजारौ चितवनबासीले तालीले स्वागत गरेका थिए ।
प्रचण्डले चितवनबासीलाई धरै कुरा बताएनन् । उनले मात्र आफ्नो कर्मभुमीमा उम्मेदवार बन्न पाएकोमा खसी ब्यक्त गर्दै चितवनबाटै समृद्धिको ढोको खोल्ने र परिवर्तनलाई संस्थागत गर्ने प्रतिबद्धता ब्यक्त गरिरहेका थिए ।
आफु प्रधानमन्त्री भएकै अर्कोदिन चितवनमा सुकुम्बासीलाई डोजर लगाएर हटाई आफुलाई असफल बनाउन खोजिएकोमा प्रचण्डको गुनासो थियो । आफुलाई असफल बनाउने त्यो नै पहिलो खेल भएको प्रचण्डको भनाई थियो ।
प्रचण्डले भाषण सकेपनि कलाकारको सल्लाह भने सकिएको थिएन । फेरी बद्रि उठे र बामपन्थी नै देशको भाग्य भबिश्य कोर्ने शक्ति भएको घोषणा गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com