चितवनको माडीलाई मणि बनाउने प्रचण्डको उद्घोष


प्रकाशित मिति : मंसिर ११, २०७४ सोमबार

चितवन : माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले दक्षिण चितवनको माडीलाई मणि बनाउन सकिने प्रशस्त सम्भावना रहेको बताएका छन्। चितवनको माडीमा चुनावी प्रचार अभियानका क्रममा रहेका अध्यक्ष दाहालले सोमबार माडी नगरपालिका वडा नम्बर ५ स्थित ढिकुरबारीमा भएको चुनावीसभाका क्रममा यस्तो बताएका हुन्।

दाहालले भने,े ‘राम्रोसँग राज्यको तर्फबाट र राजनीतिक दलहरुको तर्फबाट, सामाजिक संघसंस्था र नागरिकको तर्फबाट सामूहिक प्रयास गरियो भने चितवनको माडीलाई चाहिँ चितवनको मणि बनाउन सकिन्छ।’ त्यसको लागि थुप्रै सम्भावनाहरु माडीमा रहेको उनले औँल्याए। कृषिमा आधुनिकीकरण र विविधिकरण गर्न प्रचुर सम्भावना माडीमा रहेको दाहालको भनाइ छ।

यस्तै, तटबन्ध गरेर नदी खोलाहरुलाई नियन्त्रण गर्न सकिने पूरै सम्भावना रहेको समेत उनले बताए। माडी बर्सेनि बाढीले प्रभावित पार्दै आएको निकुञ्ज पारीको उपत्यका हो। चितवन राष्ट्रिय निकुञ्ज माडी र चितवनकै लागि बरदान भएको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिलेको व्यवस्थापनको स्थिति हेर्दा ठूलो कठिनाइ देखिएको भन्दै यसलाई व्यवस्थापन गर्न सकिने जिकिर गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले निकुञ्जलाई असर नपर्ने गरी माडी ठूलो परियोजनाअन्तर्गत आकासे पुल या सुरुङमार्ग बनाएरु अघि बढ्न सकिने र त्यो विषय जनताको बीचमा प्रतिबद्धतासमेत गरिसकिएको उनको भनाइ थियो। तीन दिनदेखि अध्यक्ष दाहाल चितवनको चुनावी प्रचार अभियानमा छन्। वाम गठबन्धनबाट उम्मेदवार रहेका दाहालको प्रतिस्पर्धी रहेका लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे पनि चुनावी प्रचार अभियानमा छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com