शशांक भन्छन्- चुनावपछि कांग्रेस पहिलो दल, प्रधानमन्त्री म
प्रकाशित मिति : मंसिर ११, २०७४ सोमबार

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने र त्यसको नेतृत्व आफूले गर्ने दावी गरेका छन् ।
रिपोर्टस क्लब नेपालले गरेको चुनावी बहसका क्रममा महामन्त्री कोइरालाले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई मिलाएर आफू प्रधानमन्त्री बन्ने सम्भावना बढी रहेको दावी गरेका हुन् ।
नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत बनेका कोइरालाले निर्वाचनपछि कांग्रेस ठूलो दल बन्ने विश्वास व्यक्त गरे । पार्टीभित्र एकताको सन्देश गएकाले पनि चुनावमा कांग्रेसका उम्मेदवारहरुले जित्ने दाबी कोइरालाको छ ।
उनले आफू उम्मेदवार बनेको जिल्लामा रंगशाला, सिँचाई, तटबन्ध, बाटोघाटो, अस्पताल जस्ता क्षेत्रको पूर्वाधार निर्माणमा प्रतिवद्ध रहेको बताए ।