मतदातामाझ खसोखास : पूराना नेतामा विश्वास छैन ६४ बर्षकी टिकाकुमारीलाई


प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार

उमेरले ६४ बर्षकी हुनुभयो टीकाकुमारी पराजुली । सिन्धुपाल्चोकको बलेसी हो घर । कैयन पटक चुनावमा मतदान गर्नुभयो टिकाकुमारीले । तर जतिपटक मतदान गरेपनि केही फरकपनको अनुभव भएको छैन उहाँलाई ।

समय परिवर्तन भएसँगै नेतृत्व पनि परिवर्तन हुनुपर्ने उहाँको बुझाई छ ।मतदाताको राय बुझ्न स्थलगत रिपोर्टिंगमा रहेका खसोखासका फोटोग्राफर दीपेन्द्र ढुंगानासँग कुरा गर्दै उहाँ भन्नुहुन्छ – ‘नेताहरु फेरिएनन् त्यसैले विकाश पनि भएन ।’

भोट कस्लाई दिने भन्दा पनि कसले के गरे भन्नेमा सोंच विचार गर्नुपर्ने टिकाकुमारीको भनाई छ । नयाँ नेतृत्व र नयाँ सोंचका व्यक्तिलाई भोट दिएर जिताउनुपर्ने बताउनुहुन्छ टिकाकुमारी । त्यसो गरेमा मात्र देशले काँचुली फेर्ला कि भन्ने आशा पनि उहाँमा छ । उहाँलाई पूराना नेतामा भने खास विश्वास छैन ।

तस्विर :  दीपेन्द्र ढुंगाना

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com