Follow @khasokhasmag

दलाई लामालाई ओलीको चेतावनी, ‘बौद्ध धर्मगुरु भन्ने – बुद्ध जन्मेको ठाउँ थाहा नपाउने?’


प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि बुद्ध धर्मका धर्मगुरु दलाई लामाले दिएको अभिव्यक्ति  दलाई लामाको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् । केही दिनअघि बुद्ध धर्मका धर्मगुरु लामाले गौतम बुद्ध भारतीय हुन्, भारतीय गुरु हुन् भनेका थिए। एमाले अध्यक्ष ओलीले लामाले नेपालीलाई गाली पनि गरेको भन्दै त्यसलाई सच्याउन आग्रह गरेका हुन्।

‘त्यो कुरा बोलेर नेपाल र नेपालीले उनको समूहलाई लगाएको गुणको पनि सोझो गरेनन्। बुद्ध जम्निएको २६६१ वर्ष पहिले जन्मिएका हुन्। त्यो सत्य अहिले सारेर हुन्छ। उनी नेपालमा जन्मिएका हुन् त्यो अहिले नेपालमा पर्छ-ओलीले भने, यो अन्तराष्ट्रिय षड्यन्त्र नेपालविरुद्ध भइरहेको छ। म भन्छु दलाई लामा यस गल्तीलाई सच्याऊ। विगतमा तिमीले के कस्ता गल्तीहरु गरेका थियौं। तर, अहिले यो जस्तो ठूलो गल्ती केही होइन यो सच्याऊ। आफूलाई बुद्धिष्ठ भन्ने अनि बुद्ध कहाँ जन्मिएका थिए भनेर थाहा नपाउने !’

भारत भन्ने देश अस्तित्वमा नभएको वेला नेपाल भन्ने देश अस्तित्वमा रहेको भन्दै नेपाल स्वाधीन राष्ट्रका रुपमा सदैव रहेको सत्य कसैले लुकाएर नलुक्ने उनले बताए। ओलीले अन्तराष्ट्रिय षड्यन्त्रका रुपमा यस्ता कुराहरु बाहिर आएको समेत बताए।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com