विराटनगर जुट मिल्स आइतबारबाट सञ्चालनमा


प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार

मंसिर १० विराटनगर । मुलुककै जेठो उद्योग विराटनगर जुट मिल्स आइतबारबाट सञ्चालनमा आएको छ । नयाँ व्यवस्थापन समितिले करिब ३ वर्षपछि मिल पुनःसञ्चालन ल्याएको हो ।

२०७२ भदौ १९ गतेदेखि मिल पूर्ण रुपमा बन्द रहेको थियो । नयाँ व्यवस्थापनले मिल्सलाई पूर्ण रुपमा आईपी सिस्टमको सीसी क्यामराको निगरानीमा राखेर सञ्चालन गरेको छ ।

मिल्सका सञ्चालक सदस्य मुकुन्दप्रसाद नेपालले विधिवत रुपमा पूजा गरेर मिलको शुभारम्भ गरेका थिए । विराटनगर जुट मिल्सका प्रबन्ध निर्देशक निलहरी काप्mलेका अनुसार पहिलो चरणमा मिल्समा जुटको सुतली र बोरा मात्रै उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विराटनगर जुट मिल्समा रहेको दुई वटा नयाँ र पूराना मिल मध्ये पहिलो चरणमा उद्योग पूरानो मिल्सलाई सञ्चालनमा ल्याएका छ ।

३ करोडको लागतमा एउटा मिल्स सञ्चालन भएको छ र थप २ करोड पुँजीको व्यवस्थापन गरेर पुस महिनादेखि दुवै मिल्स पूर्णरुपमा सञ्चालनको तयारीमा रहेको मिल सञ्चालक समितिका अध्यक्ष काफ्लले जानकारी दिए ।

आइतबारबाट सञ्चालनमा आएको मिलले दैनिक ५६ टन उत्पादन गर्नेछ भने ८५ जनाले मिलमा रोजगारी पाएका छन् । २०७२ साल पुस २१ गतेदेखि कम्पनी ऐनअनुसार मिल्सले नयॉ व्यवस्थापन पाएको छ ।

नयाँ व्यवस्थापनले आफ्नो अनुकूल मिल्स सञ्चालनका लागि सरकारको सेयर घटाएर ३३ प्रतिशत बनाएको छ ।

व्यवस्थापनले मिलको पुँजी वृद्धिका लागि यस अघि २५ हजार कित्ता सेयर विक्री गरेको थियो । मिल सञ्चालक समितिका अनुसार प्रति कित्ता १ सय ६० रुपैयॉको दरमा बिक्री हुँदा ४० लाख पुँजी वृद्धि भएको छ ।

मिल्सको कुल ९३ हजार ७ सय ५० कित्ता सेयरमध्ये सरकारको ३१ हजार २३ र सर्वसाधारणको ६२ हजार ७ सय २७ कित्ता सेयर रहेको छ । यसअघि मिल्स सञ्चालनका लागि सरकारबाट पटक पटक गरी ल्याएको १ सय १३ करोड ऋण तिर्न बाँकी रहेको थियो ।

सरकारले यस अघि सरकारले भारतीय विलसम इन्टरनेशनल कम्पनीलाई भाडामा मिल्स सञ्चालनका लागि दिएको थियो । तर, केही समय मिल सञ्चालन गरेर विविध समस्या देखाउदै विलसन कम्पनी भारत फर्केपछि २०७२ भदौ १९ गतेदेखि मिल पूर्ण रुपमा मिल बन्द अवस्थामा रहेको थियो । विराटनगर जुट मिल विक्रम संवत १९९३ मा स्थापना भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com