उत्तर कोरियाबाट अमेरिकाको विरोध


प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतङ्कवादी गतिविधिमा लगानी गर्ने राष्ट्रका रूपमा हालै राखेकोमा उत्तर कोरियाले विरोध गरेको समाचार छ ।
अमेरिकाले बिना आधार आफूमाथि यस्तो आरोप लगाएको प्रतिक्रिया दिँदै उत्तर कोरियाले यस आरोपलाई अमेरिकाको उत्तेजना फैलाउने कामको संज्ञा दिएको छ ।
उत्तर कोरियाले अमेरिकाले यसअघि पनि यस्ता आरोपहरु लगाउने गरेको तर ती प्रमाणित नभएका भन्दै यस खालका प्योङयाङ विरोधी अभियानले आफ्नो देशको आणविक कार्यक्रमको विस्तारका क्षेत्रमा कुनै पनि असर नपर्ने पनि बताएको छ ।
यसका साथै उत्तर कोरियाले आफ्नो देशको आतङ्कवादसँग कुनै पनि सम्बन्ध नरहेको स्पष्टीकरण पनि दिएको प्राप्त समाचारमा जनाइएको छ ।
उसले भनेको छ, त्यसैले अमेरिकाले हामीलाई आतङ्कबादलाई सघाउने मुलुकको सूचिमा राख्नु र नराख्नुको कुनै पनि अर्थ छैन ।
त्यसैगरी अमेरिकी सैन्य बलले दक्षिण कोरियाका लागि छ वटा लडाकू जहाज दिने भएको समाचारको पनि कडा शब्दमा विरोध गरेको छ ।

आगामी महिना ती जेट विमानहरु अमेरिकाले दक्षिण कोरियालाई दिने भएको हो । अमेरिका र दक्षिण कोरियाबीच संयुक्त रुपमा हुने सैन्य अभ्यासको लागि प्रयोग गर्न ती लडाकू जेट विमान पठाउन लागिएको हो ।
उत्तर कोरियाले अमेरिकाको यस घटनाको पनि विरोध गरेको छ । उसले भनेको छ, ती विमानहरु अमेरिकाले दक्षिण कोरियालाई दिएको भन्दा पनि सैन्य अभ्यासमा प्रयोग गर्ने भन्नु उत्तर कोरियाका विरुद्धको अभ्यासमा प्रयोग हुने हुन् भन्दै त्यसको विरोध गरेको हो ।
अमेरिकी लडाकू विमान जापानको ओकिनावा एयर शिवीरबाट कडेना एयर शिविर हँुदै दक्षिण कोरियास्थित दक्षिण कोरिया र अमेरिको संयुक्त सैन्य अभ्यास स्थलसम्म पु¥याइने बताइएको छ ।
पछिल्लो समयमा जापान, दक्षिण कोरिया र अमेरिकासँग पनि उत्तर कोरियाको सम्बन्ध विग्रिएको छ ।
उत्तर कोरियाले जारी राखेको आणविक कार्यक्रमका कारण यस्तो अवस्था आएको हो । जसले गर्दा अमेरिका र उत्तर कोरियाले एक अर्काका विरुद्धमा निकै कडा अभिव्यक्ति दिई आएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पको हालै भएको दक्षिण कोरिया, जापान र चीनको भ्रमणका समयमा पनि राष्ट्रपति टम्पले उत्तर कोरियाको निकै नै आलोचना गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com