रुकुमको मतपेटिकामा आगो लाग्यो


प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार

रुकुम, १० मंसिर – बाँफिकोट गाउँपालिका– ५, रुकुम पश्चिम रत्न आधारभुत विद्यालय ‘क’ केन्द्रको प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लागेको छ ।

मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ । मतदान अधिकृत नन्दलाल महतोका अनुसार उक्त पेटिकामा २५० मत खसेको थियो । अहिले मतदान कार्य स्थगित गरिएको छ । मतपेटीकामा एसिड हालेको आशंकामा प्रहरीले तीन जनालाई प्रक्राउ गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com