सरकारले १० मिनेट भित्रमा जुनसुकै क्षेत्रमा सुरक्षाकर्मी पुरयाउने
प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार

मंसिर १० काठमाडौ । ३२ जिल्लामा आज भइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि सरकारले २ हजार ९ सय १९ मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको गृह मन्त्रालयले जनाएको छ ।
चुनावमा हुन सक्ने सम्भावित घटनालाई मध्नजर गर्दै सबै सुरक्षा निकायलाई तैनाथ गरिएको गृह सचिव मोहनकृष्ण सापकोटाले बताए ।
दशदेखि तीस मिनेट भित्रमा जुनसुकै ठाउँमा सुरक्षाकर्मीको टोली पुग्नेगरी सुरक्षा व्यवस्था मिलाइएको छ । यसका लागि हवाई तथा स्थलमार्गमा थप सुरक्षाकर्मी तैनाथ रहेको गृह मन्त्रालयले दाबी गरेको छ ।