गृहमन्त्रीको जिम्मेवारी खोसेर प्रधानमन्त्रीले सिडियो र प्रहरी सरुवा गरेको नेम्बाङको आरोप


प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार

नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुभाषचन्द्र नेम्बाङले वर्तमान सरकारले निर्वाचन आचारसंहिताविपरीत समाजमा त्रास फैलाउने काम गरेको आरोप लगाएका छन्। झापाको बिर्तामोडमा आइतबार प्रेस चौतारी झापाले आयोजना गरेको संक्षिप्त पत्रकार भेटघाट कार्यक्रममा पूर्वसभामुख नेम्बाङले चुनावको मुखमा प्रधानमन्त्रीले नै गृहमन्त्रीको जिम्मेवारी लिएर निर्वाचन आचारसंहिताविपरीत प्रहरी, सिडियो र कर्मचारी वढुवा र सरुवा गराउने चलखेलमा लागेर समाजमा त्रास फैलाउन काम गरिरहेको आरोप लगाएका हुन्।

चुनाव विथोल्ने जुन प्रकारको बम पडकाएर समाजमा आतंक फैलाउने काम भइरहेको छ, त्यस्तो आतंकबाट जनता आत्तिएका छैनन्, नेम्बाङले भने, ‘उनीहरु ढुक्क भएर मतदान गर्नेमा आफु विश्वस्त रहेको बताए।’ इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेम्बाङले भने, ‘वाम गठबन्धनको चुनावी एकताले सरकारमा बसेका नेपाली कांग्रेसलगायत दलभित्र ठूलै हलचल भएको छ।’

‘चुनावमा वाम गठबन्धनले बहुमत ल्याए भने, बस्न, सुत्न, खान र रुनसमेत नपाउने भन्दै जनतामाझ गठबन्धनविरुद्ध चर्को आलोचना गर्ने थालेका छन्, उनले भने। चुनावअघि प्रधानमन्त्रीको कुर्सी हत्याउने गरी गठबन्धन हुने गरेको बिषयमा चर्चा गर्दै उनले भने, वाम गठबन्धन प्रधानमन्त्रीको कुर्सी हत्याउनका लागि गठबन्धन नगरेको प्रस्टाउँदै देशलाई आगामी पाँच वर्षभित्र विकास र समृद्धिको बाटोमा लैजानलाई गठबन्धन भएको बताए। चुनाव सम्पन्न भएलगत्तै देश र जनताको चाहनाबमोजिम एमाले र माओवादी केन्द्र पार्टी एकीकरण भएरै छाड्नेमा समेत उनले जोड दिए। अस्थिर सरकारलाई स्थायित्व दिन वाम गठबन्धन अगाडि बढेको उनले प्रस्ट पारे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com