अष्ट्रेलियाको अध्यागमन नियम अझ कडा हुँदै


प्रकाशित मिति : मंसिर ९, २०७४ शनिबार

– नारायण खड्का

मंसिर ९, २०७४-अष्ट्रेलियाले आफ्नो अध्यागमन नियमलाई अझ कडा बनाएको छ ।

पछिल्लो समयमा आप्रवासी नियमप्रति कठोर बन्दै गएको अष्ट्रेलियाले मुख्य रुपमा अस्थायी भिषाको पहिलेको नियमलाई अझ कडा रुपमा परिमार्जन गरेको हो ।

अस्थायी भिषामा आउने र आएकाहरुलाई लक्षित गरेर परिमार्जन गरिएको नयाँ नियममा १० वर्षसम्म अष्ट्रेलिया प्रवेशमा रोक लगाउने र भिषा रद्द गरेर फिर्ता पठाउनेसम्मका प्रावधान थपिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नक्कली कागजपत्र बनाएर अष्ट्ेरेलियाको भिषा लिएको पाइएमा उक्त ब्यक्तिलाई १० वर्षसम्म प्रवेशमा रोक लगाइने भएको छ । जसमा उक्त भिषा आवेदन गर्दा समावेश गरिएका परिवारका सदस्यहरुलाई पनि १० बर्षसम्मै प्रवेशमा रोक लगाइनेछ ।

यही महिनाको १८ तारिखदेखि लागू गरिएको यो नयाँ परिमार्जित नियममा यसपहिले भने ३ वर्षसम्म मात्र प्रतिबन्ध लगाइने उल्लेख थियो । अध्यागमनको क्षेत्रमा काम गरिरहेकाहरुका अनुसार अष्ट्रेलियाले सही, योग्य र सक्षम ब्यक्तिलाई मात्र अष्ट्रेलिया भित्र्याउने उद्देश्यका साथ यो नियमलाई परिमार्जन गरेको हो ।

यसैगरि, समाजिक सञ्जाल तथा अनलाईनहरुमा सामाजिक द्वेष फेलाउने प्रकृतिका सन्देशहरु प्रवाह गरेको पाइएमा त्यस्ता ब्यक्तिको पनि भिषा रद्द गरी स्वेदश फिर्ता पठाइने भएको छ । यदी कसैलाई नोक्सानी पुर्‍याउने, धम्की दिने किसिमको सन्देश पाएको प्रमाणित भएमा अष्ट्रेलियाका अध्यागमन मन्त्रीले उक्त ब्यक्तिको भिषा रद्द गर्न सक्नेछन् ।

सरकारी तथ्यांक अनुसार सन् २०१६ देखि जुलाई २०१७ सम्म ४७ हजारको भिषा रद्द गरिएको छ । यसपहिले यि नियमहरु केही अस्थायी भिषालाई मात्र लागु हुने उल्लेख भएकोमा अहिले प्राय सबै अस्थायी भिषा आवेदक र भिषावाहकलाई लागू हुने समेत जनाइएको छ ।

बिज्ञहरुका अनुसार नक्कली विवाह, नक्कली आर्थिक स्रोतलगायतका नक्कली कागजपत्र बनाएर बिद्यार्थी भिषामा आउनेहरुलाई थप निरुत्साहित गर्नका लागि ३ वर्षको प्रतिबन्धलाई १० वर्ष बनाइएको हो ।

एकपटक भिषा रद्द भएर प्रतिबन्ध लागिसकेपछि फेरि यहाँ आउन पहिलोपटकको जस्तो सहज नहुने भएकाले समेत सक्कली र वास्तविक कागजपत्र र प्रमाणहरुका साथ मात्र आउन उनीहरुको सल्लाह छ ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com