सवारी दुर्घटनामा अस्तायो प्रहरी निरीक्षकद्वयको नव जोडी


प्रकाशित मिति : मंसिर ९, २०७४ शनिबार

९ मंसिर, रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-६ मा जीप दुर्घटना हुँदा प्रहरी निरीक्षक  नवदम्पतीसहित सात जनाको मृत्यु भएको छ ।

रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमका लागि छुटेको ग १ ज ४२६० नम्बरको स्कारपियो जीप मुसिकोट नगरपालिका ६ डाडीगाउँमा शुक्रबार साँझ दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सिस्ने गाउँपालिका ६ का प्रहरी निरीक्षक नविन श्रेष्ठ, उनकी श्रीमती प्रहरी नरीक्षक अनिता प्रधान, मुसिकोट नगरपालिका १ का सुदन श्रेष्ठ, उनका बुवा शेरबहादुर श्रेष्ठ, जनक शाह, मुसिकोट नगरपालिका १ कि सूर्यखा शाह र त्रिवेणी गाउँपालिका १ की यमुना मल्ल छन् ।

मृतक  नविन  र अनिता प्रहरी निरीक्षक हुन् । नविन जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख थिए भने अनिता जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिइन् ।

उनीहरू तीन दिनअघि बैबाहिक बन्धनमा बाँधिएका थिए  । बिहे सकेर काममा फर्किँदै गर्दा जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

सँगैका व्याजी रहेका रुकुम निवासी नवीन श्रेष्ठसँग मंसिर ५ गते विवाह भएको थियो ।

घाइतेको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र स्थानीयले उद्धार गरी जिल्ला अस्पताल सल्ले लगेका छन् । दुर्घटनाको खबर पाएलगत्तै माओवादी प्रदेशसभा सदस्य उम्मेदवार गोपाल शर्मा नेतृत्वको टोली पनि उद्धारमा खटिएको थियो ।

Onlinekhabar

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com