उम्मेदवार चढेको गाडीलाई लक्षित गरेर बम विस्फोट


प्रकाशित मिति : मंसिर ९, २०७४ शनिबार

९ मंसिर, नवलपरासी । नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, गोजापोखरीमा चुनावी प्रचारको लागि हिँडेको गाडीलाई लक्षित गरी वम प्रहार गरिएको छ ।

नेपाली कांग्रेस नवलपरासीका सभापति एवं नवलपुर क्षेत्र नंं २ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार विष्णु लामिछानेको टोली चुनावी प्रचारका लागि पहाड उक्लँदै गरेको अवस्थामा बम विस्फोट गराइएको हो ।विस्फोटबाट कुनै पनि क्षति नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । लामिछानेको टोली ३ वटा जिपमा पहाड उक्लिएको थियो । तीमध्ये ग १ ज ५६०० नम्बरको गाडीलाई लक्षित गरी वम प्रहार भएको प्रहरीले  जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com