बम आक्रमणपरि २ सय ३५ जनाको मृत्यु


प्रकाशित मिति : मंसिर ९, २०७४ शनिबार

काठमाडौं, ९ मंसिर /इस्लामिक बिद्रोहीले इजिप्टको सिनाई प्रान्तको एक मस्जिदमा बम आक्रमण तथा अन्धाधुन्ध गोली चलाउ“दा दुई सय ३५ जनाको ज्यान गएको छ ।
इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा आक्रमण भएको र त्यस क्रममा धेरै सर्वसाधारण नागरिकको ज्यान गएको इजिप्टको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सिनाइ प्रान्तको वीर अल–अबेद बजारमा रहेको अल–रावदा मस्जिदमा आक्रमण भएको हो । आक्रमण भएका बेला शुक्रबार हुने नियमित प्राथनाका लागि मस्जिदमा मानिस जम्मा भएका थिए । आधुनिक इजिप्टको इतिहासमा यो आक्रमण सबैभन्दा धेरै मानिसको ज्यान जाने गरी भएको आक्रमण हो । 
सन् २०१३ मा इजिप्टसहितका क्षेत्रमा सुरु भएको इस्लामिक बिद्रोहयता भएको हो ठूलो आक्रमण हो । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएका छैनन् । तर इस्लामिक स्टेट (आइएस) सम्बद्ध लडाकुले आक्रमण गरेको हुन सक्ने जनाइएको छ । ४० जना भन्दा बढीको समूहमा आएका आक्रमणकारीले मस्जिदमा नमाज पढिरहेका नागरिकलाई लक्षित गरी बम विस्फोट गराउनुका साथै अन्धाधुन्ध गोली चलाएका हुन् । इजिप्टको सरकारी टेलिभिजनका अनुसार घटनामा एक सय ३० जना घाइते भएका छन् । यसैबिच इजिप्टका राष्ट्रपति अब्दुल फतह अल–सिसीले सिनाईको मस्जिदमा भएको आक्रमणको बदला लिएरै छोड्ने घोषणा गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com