अब कसैले रोकेर पार्टी एकता रोकिँदैन : अध्यक्ष दाहाल


प्रकाशित मिति : मंसिर ८, २०७४ शुक्रबार

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले पार्टी एकताबाट एमाले र माओवादी पछि हट्ने ठाउँ नै नरहेको बताउनुभएको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता अब कसैले रोकेर नरोकिने भन्दै दाहालले कति पनि भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

आज साँझ भरतपुर महानगरपालिका–१८ मा आयोजित चुनावी अभियानका क्रममा नेकपा एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन, पार्टी एकता संयोजन समिति बनाएर मात्र चुनावी तालमेलको छलफल थालेका हौँ ।”

दाहालले थप्नुभयो, “हामी पछाडिको पुल भत्काएर अघि बढेका छौँ, अब फर्कन खोजे डुबिन्छ ।” अब कोही पनि एकताबाट भाग्न सक्ने ठाउँ नरहेको जिकिर गर्दै दाहालले भन्नुभयो, “एकता भएन भने म, केपी जी, माधव जी लगायतका नेताहरुलाई जनता र कार्यकर्तासामु मुख देखाउन लाज हुन्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनताको बहुदलीय जनवाद र २१औँ शताब्दीको जनवादको बीचबाट नयाँ संश्लेषणमा पुग्ने उल्लेख गर्दै दाहालले अब हिँड्ने शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो समाजवादको बाटो हो भन्नेमा पनि एकमत भएको दाबी गर्नुभयो ।

एमाले र माओवादीबीच एकताको सवाल मात्र होइन, राष्ट्रको समृद्धि र स्थिरताको सवाल भएको उहाँको जिकिर थियो ।

उहाँले हाम्रा सन्ततिहरुको भविष्य निर्माणको सवाल भएकाले यसलाई पार्टीगत सङ्कीर्णताभन्दा माथि उठेर हेर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । पुत्र शोकमा पर्नुभएका दाहाल आजदेखि पुनः चितवन क्षेत्र नं ३ को चुनावी अभियानमा सरिक हुनुभएको हो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com