पाँचथरमा सुरक्षा व्यवस्था कडा


प्रकाशित मिति : मंसिर ७, २०७४ बिहीबार

पाँचथर, ७ मंसिर । आसन्न १० गतेको निर्वाचन सुरक्षालाई कडाइ गरिएको भन्दै प्रत्येक मतदातालाई निर्धक्क भएर मतदान गर्न पाँचथर जिल्ला प्रहरीले आह्वान गरेको छ ।

जनताले सुरक्षाको प्रत्याभूति पाउने गरी सुरक्षाको व्यवस्था गरिएको बताउँदै प्रहरी नायब उपरीक्षक वामदेव गौतमले आज रासससँग कुरा गर्दै भन्नुभयो, “प्रत्येक मतदान केन्द्रमा केन्द्रीय सुरक्षा योजनाअनुसार सुरक्षा टोली खटाइएको छ ।”

कर्मचारी, मतपत्र, मतपेटिका सुरक्षा टोली सम्बन्धित पठाइएको बताउँदै उहाँले अहिलेसम्म कुनै पनि सुरक्षा चुनौती नदेखिए पनि हुन सक्ने खतरालाई त्यसको समाधान गर्न सुरक्षा संयन्त्र तयार रहेको बताउनुभयो ।

हालसम्म पाँचथर प्रहरीले नियमित गतिविधिमा अवरोध गर्नेलाई नियन्त्रणमा लिएको नायब उपरीक्षक गौतमले अहिलेसम्म १४ जनालाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा चलाइएको जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रत्येक गाउँमा सुरक्षा टोली पुगेको भन्दै उहाँले निर्वाचनका लागि ७१९ नेपाल प्रहरी, ४१९ सशस्त्र प्रहरी र ८६२ म्यादी प्रहरी खटाइएको जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com