डिभी लोटरी आवेदन अवधि समाप्त, रिजल्ट मे १५ मा


प्रकाशित मिति : मंसिर ६, २०७४ बुधबार

सन् २०१९ का लागि अनलाइनबाट डिभी लोटरी आवेदन दिने अवधि समाप्त भएको छ । अक्टोबर १८ देखि सुरु भएको डिभी लोटरी आवेदन अवधि आज नोभेम्बर २२ मा समाप्त भएको छ ।

सन् २०१९ का लागि अक्टोबर ३ मा नै डिभी लोटरी खुलाइएपनि अक्टोबर १० पछि प्राविधिक गढबढी आएपछि अक्टोबर १८ मा नयाँ म्यादका साथ पुन खुलाइएको थियो । अक्टोबर ३ देखि १० सम्म डिभी लोटरी भरेकाहरुको आवेदनलाई भने मान्यता नदिइने अमेरिकी सरकारले जनाएको छ । उनीहरुले अक्टोबर १८ देखि पुन आवेदन दिनसक्नेगरी सुचना समेत जारी गरिएको थियो ।

विगतका बर्षहरुमा मेको पहिलो साता डिभी लोटरीको रिजल्ट आउने गरेको भएतापनि यो बर्षको डिभी लोटरीको रिजल्ट भने सन् २०१८ को मे १५ मा आउने भएको छ । मे १५ देखि डिभी लोटरीका आवेदकहरुले आफूलाई डिभी लोटरी परे नपरेको चेक गर्न सक्नेछन् । यदि डिभी लोटरी परेमा उनीहरुले सन् २०१८ को अक्टोबर १ देखि अमेरिका आउनका लागि भिसा प्राप्त गर्नेछन् ।

डिभी लोटरी खारेज गर्ने विधयेक पारित भएमा आगामी बर्षदेखि डिभी लोटरीको आवेदन खुलाइने छैन । यदि पारित भएन भने सन् २०१८ को अक्टोबरमा सन् २०२० का लागि डिभी लोटरी खुल्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com