वामपन्थीले बहुमत ल्याए कहिल्यै चुनाव हुँदैनः कांग्रेस


प्रकाशित मिति : मंसिर ६, २०७४ बुधबार

६ काठमाडौं,काठमाडौं । यसपटकको चुनावमा बहुमत ल्याए वामपन्थीले मुलुकमा यसपछि चुनावनै हुनै नदिने कांग्रेसले आरोप लगाएको छ ।

कांग्रेसका नेता एवम् केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ५० वर्ष शासन गर्ने अभिव्यक्ति दिदै आएको भन्दै उक्त अभिव्यक्तिले मुलुकमा चुनावनै हुन नदिने संकेत गरेको बताए ।

उनले पाँच वर्षका लागि हुने आवधिक निर्वाचनका बेला ५० वर्षसम्म शासन गर्ने कुरा गर्नुलाई आफ्नो पार्टीले गम्भीर रुपमा लिएको प्रतिक्रिया पनि दिए ।

बुधबार पार्टी निकट बुद्धिजीवीहरुसँग कांग्रेस नेता खाँडले ५० वर्षसम्म शासन चलाउने अभिव्यक्ति दिएर कम्युनिष्टहरुले मुलुकमा निर्वाचननै हुन नदिने षडयन्त्र गरिरहेको पुष्टि भएको दावी गरे ।

ओली र प्रचण्डले वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने र मुलुकमा ५० वर्षसम्म शासन चलाउने अभिव्यक्ति दिँदै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com