यौन दुब्र्यबहारको आरोपमा अमेरिकामा पक्राउ नेपाली तेक्वान्दो प्रशिक्षक धरौटीमा रिहा


प्रकाशित मिति : मंसिर ६, २०७४ बुधबार

यौन दुब्र्यबहारको आरोपमा पक्राउ परेका अमेरिकाको ओरेगन निवासी ५१ बर्षीय तेक्वान्दो प्रशिक्षक सुद्धोधनमान रञ्जित रिहा भएका छन् । उनी धरौटीमा रिहा भएको जनाइएको छ । गत साताको अदालती सुनुवाईमा उनले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका थिए ।

सुरुमा उनलाई साढे ७ लाख अमेरिकी डलर धरौटी तोकेर वासिंटनको काउन्टी जेलमा राखिएपनि धरौटी रकम कम गरेर रिहा गरिएको हो । उनले अब जेलबाहिरै बसेर मुद्दा लड्न पाउनेछन् भने अदालती सुनुवाई डिसेम्बर ४ का लागि तोकिएको छ ।

सुद्धोधन रञ्जित २५ बर्षको अनुभव सहितका तेक्वान्दो प्रशिक्षक हुन् । छैठौं डन ब्लाकबेल्ट प्राप्त उनी नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी समेत हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com