इटहरीमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको तयारी अन्तिम चरणमा, सहभागी दर्ता भटाभट


प्रकाशित मिति : मंसिर ५, २०७४ मंगलबार

जनवरी १ र २ मा पूर्वाञ्चलको इटहरीमा हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को १२ औं संस्करण को तयारी अन्तिम चरणमा पुगेको छ । त्यसका लागि प्रतियोगितामा सहभागी हुन चाहनेहरुले अनलाइन दर्ता गरिरहेका छन् । प्रतियोगितामा भाग लिन चाहनेहरुले नोभेम्बर  ३० सम्ममात्र अनलाइनमार्फत आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।

प्रतियोगितामा सहभागी हुन चाहनेहरुले आफ्नो नाम दर्ता गर्नका लागि यो लिंकमा क्लिक गर्नुहोला ।

अनलाइन दर्ता गर्नका लागि कुनै पनि शुल्क नलाग्ने र कार्यक्रममा सहभागी हुनेहरुले कार्यक्रमस्थलमा नै शुल्क तिर्न सक्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेहरुले ७५ अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ । अन्तर्राष्ट्रिय टिमका लागि आयोजकले नै होटल र खानाको प्रबन्ध गर्नेछन् ।

टिम मेनेजर र कोचका रुपमा सहभागी हुन चाहनेहरुले आफ्नो नाम दर्ता गर्नका लागि यो लिंकमा क्लिक गर्नुहोला ।

गत बर्ष अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को ११ औं संस्करण अमेरिकामा सम्पन्न भएको थियो । आइओएफटीसीका टुर्नामेन्ट डाइरेक्टर दिवाकर महर्जनले इटहरीमा पत्रकार सम्मेलन गर्दै अस्ट्रेलियामा गर्ने तयारीमा रहेको च्याम्पियनसिपको १२ औं संस्करण पूर्वाञ्चलको इटहरीमा गर्ने घोषणा गरेका गरेका थिए ।

पुर्वमा पहिलो पटक आइओएफटीसी हुन लागेको हो । यसअघि काठमाडौंमा २ पटक र पोखरामा एक पटक च्याम्पियनसिप भइसकेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले इटहरीलाई खेलकुद नगरीका रुपमा विकास गर्ने उद्देश्य रहेकाले आइओएफटीसी इटहरीमा गराउन आफूले पहल गरेको बताएका छन् ।

प्रत्येक दुई वर्षको अन्तरमा हुने च्याम्पियनसिपमा नेपाललगायत दक्षिण एसियाबाट भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशको सहभागीता रहने छ भने अमेरिका, क्यानडा, इग्ल्यान्ड, मेक्सिको, मकाउ, हङकङ, जापान, कोरिया, ग्वाटेमालालगायत देशहरुबाट करिब ५ सय खेलाडीहरुको सहभागीता रहने प्रतियोगिता निर्देशक महर्जनले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com