अझै बनेन साढे ७ लाख बढी भूकम्पपीडित नेपालीको औपचारिक आवास (भिडियो)


प्रकाशित मिति : मंसिर ५, २०७४ मंगलबार

नेपालमा महाभूकम्पको साढे २ बर्ष बितिसक्दा पनि सरकारी प्रतिबद्धता अनुशार सहयोग पाउने पीडितहरु १ प्रतिशत भन्दा पनि कम रहेको रिपोर्ट सार्वजनिक भएको छ । अहिलेसम्म पनि कैयन गाउँहरु औपचारिक घरहरुविहिन बन्दै टहरामा नै सिमित रहेका छन् । झण्डै ८ लाखमध्ये अहिलेसम्म झण्डै साढे ५ हजार परिवारलेमात्र सरकारले प्रतिबद्धता जनाएको अनुशार सहयोग प्राप्त गरेका छन् ।

साढे २ बर्ष अगाडिको महाभूकम्पमा नेपालमा झण्डै ९ हजारको ज्यान गएको थियो भने ८ लाख घरहरुमा क्षति पुगेको थियो । तर अहिलेसम्म पनि सरकारी प्रतिबद्धता अनुशार सहयोग प्राप्त गरेर औपचारिक रुपमा घर बनाउनेहरुको संख्या १ प्रतिशत भन्दा पनि कम रहेको छ ।

४ बिलियन डलरको सहयोगको प्रतिबद्धताका बाबजुत पनि अधिकांश भूकम्पपीडितहरु अहिलेसम्म पनि अस्थायी आवासमा नै दिन गुजारिरहेका छन् । बाहिरबाट प्राप्त सहयोगको समेत सही सदुपयोग हुन नसक्दा कैयन भूकम्पपीडितहरु अहिलेसम्म पनि त्रिपालमा नै बसिरहेका छन् ।

भूकम्पमा घर भत्किएको भन्दै ९ लाख ९६ हजार १ सय ६२ जनाले आवेदन दिएपनि ७ लाख ६५ हजार ६ सय १८ आवेदनहरु स्वीकार गरिएको थियो । त्यसमध्ये औपचारिक रुपमा सहयोगका लागि ६ लाख ३७ हजार ३ सय ८१ आवेदनमा सहमति भइसकेको थियो । त्यसमध्ये पहिलो किस्ता पाउनेहरु जम्मा ६ लाख ६ हजार ९ सय ३४ जना रहेका छन् भने पहिलो र दोश्रो किस्ता पाउनेहरु ७१ हजार २ सय ४९ जना रहेका छन् । सबै किस्ताहरु पाउनेहरुको संख्या जम्मा ५ हजार ४ सय ३२ मात्र रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com