चुनावी कार्यक्रममा भाग लिन माओवादी केन्द्रका अध्यक्ष आज चितवन जाने


प्रकाशित मिति : मंसिर ५, २०७४ मंगलबार

काठमाण्डौं, ५ मंसिर । पुत्रशोकमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज चितवनमा आयोजना गरिएको चुनावी सभामा सहभागी हुनु हुने भएको छ ।

तर, प्रचण्डले सहभागी भएपनि सम्बोधन नगर्ने हुनुभएको छ । प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार निधन भएको थियो । त्यसलगतै चिवतनको कार्यक्रम स्थगित गर्न लागिएको थियो । तर, प्रचण्डकै आग्रहमा सभा स्थगित नगरिएको बताइएको छ । प्रचण्डको चुनावी क्षेत्रमा हुने आजको सभाको सुरुमा स्वर्गीय प्रकाश दाहाललाई श्रद्धाञ्जली दिइने छ । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता रामबहादुर थापा बादलले सम्बोधन गर्ने कार्यक्रम छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com