उत्तर कोरिया ‘आतंकवाद प्रायोजन गर्ने राज्य’


प्रकाशित मिति : मंसिर ५, २०७४ मंगलबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई ‘आतंकवादको प्रायोजन गर्ने राज्य’को सूचीमा फेरि समावेश गर्न लागिएको घोषणा गरेका छन्।

नौ वर्षअघि अमेरिकाले उत्तर कोरियालाई उक्त सूचीबाट हटाएको थियो।

मन्त्रिपरिषद्को एउटा बैठकमा ट्रम्पले भने- उक्त कदमले ‘निकै ठूलो’ अतिरिक्त प्रतिबन्धहरुतर्फ डोर्‍याउनेछ जसको घोषणा मंगलवार गरिनेछ।

तर त्यसपछि विदेशमन्त्री रेक्स टिलर्सनले ‘त्यसको व्यवहारिक असरहरु सीमित हुने’ स्वीकार गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘उत्तर कोरिया यात्रामा अमेरिकी प्रतिबन्ध’

एक पाइला पनि पछि हट्दैनौँ: उत्तर कोरिया

परीक्षण

ह्वाइट हाउसमा उक्त घोषणा गर्दै राष्ट्रपति ट्रम्पले भने, “यो धेरै समय पहिल्यै भइसक्नुपर्थ्यो।”

गत सेप्टेम्बरमा अमेरिकाले उत्तर कोरियाविरुद्ध तेलमा प्रतिबन्ध र नेता किम जङ-अनका सम्पत्ति रोक्का गर्नेसहितका प्रतिबन्धहरु लगाउन संयुक्त राष्ट्रसंघमा प्रस्ताव गरेको थियो।

ट्रम्प

उत्तर कोरियाले छैटौँ पारमाणविक परीक्षण र पटक-पटक क्षेप्यास्त्रहरुको परीक्षण उक्त कदम चालिएको थियो।

‘आतंकवादको प्रयोजन गर्ने राज्य’को सूचीमा अब इरान, सुडान र सिरियासँगै उत्तर कोरिया थपिएको छ।

तीव्रता

अमेरिकी सरकारका अनुसार ती देशहरुले अन्तर्राष्ट्रिय आतंकवादका क्रियाकलापका लागि लगातार सहयोग गरेको ठानिन्छ।

यसअघि पनि उत्तर कोरिया ‘आतंकवादको प्रायोजन गर्ने देश’को सूचीमा थियो।

तर उसको पारमाणविक कार्यक्रमसम्बन्धी वार्ताको एउटा हिस्साको रुपमा सन् २००८ मा तत्कालीन जर्ज डब्ल्यु बुश प्रशासनले उक्त सूचीबाट उत्तर कोरियालाई हटाएको थियो।

उत्तर कोरियाली थुनाबाट रिहा गरिएको केही समयपश्चात अमेरिकी विद्यार्थी अटो वार्मबिएरको मृत्यु भएपछि उक्त मुलुकलाई ‘आतंकवादको प्रायोजन गर्ने राज्य’को सूचीमा समावेश गराउने अभियानले तीव्रता पाएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com