दमक नगरपालिका २ डाकिनीकी १५ वर्षीय कल्पना कार्कीले क्यान्सरबाट पीडित आफ्नो बुबालाई बचाइदिन आग्रह गरेकी छन् ।
उनका बुबा ४५ वर्षीय ज्ञानेन्द्रबहादुर कार्कीको विगत २ वर्षदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको छ ।
घरमा काेही नभएकाे र बुबाको हेरचाह गर्नेपर्ने भएको कारणले पनि विद्यालय जान समेत नसकेको उनले बताइन् ।
कल्पनाका बुवा कानको क्यान्सरबाट पीडित छन् । ‘सानैमा आमाले छोडेर जानुभयो । आमाको माया कस्तो हुन्छ, मलाई थाहा छैन । अहिले बुबाको यो अवस्था छ । घरमा बिहान बेलुकाको छाक टार्न पनि धौँधौँ छ ।’–कल्पनाले भनिन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
बुबाको उपचारका लागि घरमा भएको जायजेथा समेत बेच्दापनि बुबाको उपचार खर्च जुटाउन नसेपछि आर्थिक सहयोगको लागि अपिल गरेको उनले बताइन् । स्थानीय ढुकुरपानी माविमा कक्षा ९ मा पढ्दा पढ्दै बुबा बिरामी भएपछि कल्पनाले स्कुल छाड्न बाध्य भइन् ।
आफुसँग भएको सम्पति र आफन्तले दिएको सापट पैँसाबाट बुबाको उपचार गराउँदै आएको र अब आफुसँग पनि पैसा नभएकाले उपचारमा समस्या भएको उनले बताइन् ।
स्थानीय साना सहयोगी नामक संस्थाका विष्णु भटटराईले कल्पनाका बुबाको उपचारमा सहयोगका लागि सबैसँग अपिल गरेका छन् । उनले देउसीभैँलो खेलेको १० हजार रुपैँया र २ क्वीटल चामल सहयोग गरिएको बताए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।