नेपालमा अन्तिम क्षण विताउने इच्छा राखेका एलेक्सप्रति न्युयोर्कमा श्रद्धाञ्जली


प्रकाशित मिति : मंसिर ४, २०७४ सोमबार

जीवनको अन्तिम क्षण नेपालमा विताउने इच्छा राख्नुभएका नेपाल प्रेमी अमेरिकी नागरिक एलेक्स गार्गिलिसप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । आज न्युयोर्कको हिमालयन याक रेष्टुरेण्टमा आयोजित कार्यक्रममा एलेक्सप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

एलेक्स गार्गिलिसको न्युयोर्कमा रहेको एल्महस्र्ट अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको थियो । जीवनको अन्तिम क्षण नेपालमा विताउने इच्छा राख्नुभएका एलेक्सको त्यो इच्छा भने पूरा हुन पाएन । उहाँले झण्डै ३० बर्ष नेपालमा बिताउनुभएको थियो ।

‘दि वर्ल्ड इज माई नेसन’ नामको आफ्नो पुस्तकमा नेपाल जत्तिको सुन्दर राष्ट्र अरु नभएको र नेपालबाहेक अरु राष्ट्रले मनमा नछोएको उल्लेख गर्नु भएका एलेक्सले विश्व यात्राका क्रममा आफ्नो बसाईका लागि नेपाल रोज्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा झण्डै ३ दशक विताउने क्रममा उहाँ ललितकला क्याम्पस लगाएत अन्य क्षेत्रमा संलग्न भई नेपाली कलासाहित्यको विकासमा प्रेरणादायी भूमिका निभाउनु भएको थियो । मनमा नेपाल प्रतिको माया बोक्नुभएका एलेक्स न्युयोर्कमा हुने नेपाली कला र संस्कृतिको प्रबद्धन गर्ने कार्यक्रममा समेत उपस्थीत हुदै आउनुभएको थियो ।

बिष्णुमान प्रधानले एलेक्सलाई एक अविस्मरणिय महान ब्यक्तित्व, कलाकार, लेखक, शिक्षक, नृत्यकार, बहुभाषी, विश्व यात्री, प्रेरणाको श्रोतका रुपमा स्मरण गर्नुभएको छ । एलेक्सको अन्तिम संस्कार गत शुक्रबार दिउसो पौने १ बजे फ्रेस पाउण्ड सिमेट्रीमा गरिएको थियो ।

एलेक्सले आफूलाई विश्वकै नागरिक बताउनुहुन्थ्यो भने उहाँले नेपाल, बेलायत र फ्रान्सको स्थायी बासिन्दाका रुपमा कागजपत्र प्राप्त गर्नुभएको थियो । नेपाल र नेपाली भनेपछि हुरुक्कै हुने तथा नेपाललाई असाध्यै माया गर्ने एलेक्सले काठमाडौंको गुरुकुल थियटरमा नाटक समेत सिकाउनुभएको थियो ।

कलाकारहरु सौगात मल्ल, पूर्व मिस नेपाल उषा खड्की, आरजे भीजे पूजा गुरुङ, कलाकार अनुप बराल, निशा शर्मा लगायतका कलाकारहरु उहाँका विद्यार्थी हुनुहुन्थ्यो । डाक्टर अभि सुवेदी र बारबरा एडम्सका साथी समेत रहनुभएका एलेक्सले विश्वका सुन्दर सहरहरुका बारेमा भर्खरै पुस्तक लेखेर सकाउनुभएको थियो । जुन प्रकाशन हुन बाँकी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com