टेक्सासमा सिमा सुरक्षा गस्तीमाथि आक्रमण, एकको मृत्यु, एक घाइते


प्रकाशित मिति : मंसिर ४, २०७४ सोमबार

अमेरिकाको टेक्सासको सिमा क्षेत्रमा गस्तीमा रहेका सिमा सुरक्षा अधिकारीमाथि आक्रमण भएको छ । आक्रमणमा एकजना सिमा सुरक्षा अधिकारीको मृत्यु भएको छ भने एकजना घाइेत भएका छन् । आइतबार विहान भएको आक्रमणमा रोजेलियो मार्टिनेज नामका अधिकारीको मृत्यु भएको जनाइएको छ । आक्रमण कसले र किन गरेको हो भन्नेबारे एफबीआईले अनुसन्धान सुरु गरेको छ ।

घाइते सिमा सुरक्षा अधिकारीको अवस्था पनि गम्भिर रहेको जनाइएको छ । मार्टिनेज सन् २०१३ देखि सिमा सुरक्षा अधिकारीका रुपमा कार्यरत रहदै आएका थिए । सिमा सुरक्षा गस्तीको वेवसाइट अनुशार सन् २००३ यता यस्ता आक्रमणमा ६८ जना अधिकारीहरुको ज्यान गइसकेको छ । यसैबीच डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी कार्यकारी प्रमुख एलेन ड्युकले वक्तब्य जारी गर्दै टेक्सासको दक्षिणी सिमामा भएको आक्रमणको मार्टिनेजको निधन भएकोमा दुख व्यक्त गर्दै दुखद घटनाको कारणबारे भइरहेको अनुसन्धानमा आफूहरुले पूर्णरुपमा सहयोग गरिरहेको बताएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com