सार्वजनिक शौचालयबाट बायोग्यास


प्रकाशित मिति : मंसिर ३, २०७४ आईतबार

काठमाण्डौं, ३ मंसिर । रत्नपार्कमा सार्वजनिक शौचालयबाट बायोग्यास
झण्डै ६ लाखको लागतमा काठमाण्डौंको रत्नपार्कमा रहेको सार्वजनिक शौचालयबाट बायोग्यास उत्पादन गरिने भएको छ । शौचालय दिवसको अवसरमा मेयर विद्यासुन्दर शाक्यले प्लान्टको शिलान्यास गर्नुभएको छ । एरोशान नामक संस्थासँगको सहकार्यमा प्लान्ट निर्माण गर्न लागिएको शाक्यले बताउनुभयो । उहाँले यो प्लान्टलाई नमूना रुपमा बनाउन लागिएको बताउँदै सफल भए अन्य सार्वजनिक शौचालयमा पनि बायोग्यास जोडिने बताउनुभयो ।

दुई महिनाभित्र बनाइसक्ने लक्ष्य राखिएको प्लान्टबाट उत्पादन हुने ग्यास रत्नपार्कस्थित काउन्टरको भान्छा र नजिकका होटलहरुमा प्रयोग गरिने र प्लान्टबाट निस्कने लेदोलाई कम्पोष्टका रुपमा रत्नपार्कको बगैँचामा प्रयोग गरिने महानगरपालिकाको जनाएको छ ।

सोही अवसरमा मेयर शाक्यले रत्नपार्कलाई महानगरपालिकाको कार्यापालिकाले ‘शंखधर पार्क’ नामाकरण गरेको जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com