मापसे गरेर गाडी चलाउने कागजपत्रविहिन ट्रम्पको निशानामा, पक्रेर डिपोर्ट गरिदै


प्रकाशित मिति : मंसिर २, २०७४ शनिबार

ट्रम्प प्रशासनले मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोगमा दोषी ठहर भएका आप्रवासीहरुलाई पक्राउ गरेर देशनिकाला गर्ने अभियान सुरु गरेको छ । मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोगमा दोषी ठहर भएकाहरुलाई पक्राउ गर्न ट्रम्प प्रशासनको आदेशपछि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले त्यस्ता व्यक्तिलाई पक्राउ गर्न छापामार्ने क्रम तीब्र पारेको छ ।

नोभेम्बर ४ यता न्युयोर्कको लङ आइल्याण्डबाट इमिग्रेशनको छापामा पक्राउ परेका २५ जना कागजपत्रविहिन आप्रवासीहरुमध्ये २४ जना मादक पदार्थ सेवन गरेर गाडी चलाएकाहरु रहेका छन् । उनीहरुलाई देशनिकालाको प्रकृयामा राखिएको छ । आइसका फिल्ड अफिस डाइरेक्टर थोमस डेकरले सार्वजनिक सुरक्षा कायम गर्ने अभियान अन्तरगत त्यस्ता व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

सेप्टेम्बरमा मात्र आइसको देशब्यापी छापामा ५ सय कागजपत्रविहिनहरु पक्राउ परेका थिए । जसमध्ये ३ सय १५ जना कागजपत्रविहिनहरु मदक पदार्थ सेवन गरेर गाडी चलाएका कारण पक्राउ परेका थिए । जसमध्ये ८६ जनालाई देशनिकालाको प्रकृयामा राखिएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com