रामचन्द्र पौडेललाई लक्षित गरी प्रेसरकुकर बम प्रहार
प्रकाशित मिति : मंसिर २, २०७४ शनिबार

२ मंसिर, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ ।
वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै थिए । करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी वम प्रहार भएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए
बम प्रहारबाट गाडीको सिसा फुटेको छ । पौडेल भने सुरक्षित छन् ।
Onlinekhabar