नेपाल जाने पर्यटकमा तेश्रो नम्बरमा अमेरिकी


प्रकाशित मिति : मंसिर २, २०७४ शनिबार

नेपाल भ्रमणमा जाने पर्यटकहरुमा अमेरिकी नागरिकहरु तेश्रो नम्बरमा रहेको नेपाली अध्यागमन विभागले जनाएको छ । सन् २०१७ को जनवरीदेखि अक्टोबरसम्मको रिपोर्ट अनुशार १० महिनाको अवधिमा ७ लाख ५७ हजार ४ सय ४८ जना पर्यटकहरु नेपाल भ्रमणमा गएकोमा ६५ हजार २ सय ४ जना अमेरिकी नागरिक रहेका छन् ।

नेपालमा सबैभन्दा धेरै भारतबाट पर्यटकहरु पुग्ने गरेका छन् । १० महिनाको अवधिमा १ लाख ३३ हजार २९ जना भारतीय पर्यटकहरु नेपाल भ्रमणमा गएका छन् भने दोश्रो नम्बरमा ८३ हजार ३ सय ४२ जना चिनिया पर्यटकहरु नेपाल भ्रमणमा गएका छन् । तेश्रो नम्बरमा अमेरिकपछि चौथो नम्बरमा नेपाल भ्रमणमा जानेमा श्रीलंकनहरु रहेका छन् । १० महिनाको अवधिमा ४१ हजार १ सय २६ जना श्रीलंकन पर्यटकहरु नेपाल भ्रमणमा गए भने पाँचौं नम्बरमा ४० हजार ३ सय ४४ जना बेलायती पर्यटकहरु नेपाल भ्रमणमा गए ।

नेपाल भ्रमणमा जानेमा छैठौं नम्बरमा थाई र सातौं नम्बरमा साउथ कोरियन रहेका छन् । आठौं नम्बरमा अष्ट्रेलियन पर्यटकहरु नेपाल भ्रमणमा गएका छन् भने नवौं नम्बरमा जर्मनी र १० औं नम्बरमा म्यानमारका नागरिकहरु नेपाल भ्रमणमा गएका छन् ।

तस्विर : काठमाडौं पोष्ट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com