हिंसात्मक गतिविधि बढ्दै गएपछि दुःख व्यक्त ः निर्वाचन आयोग


प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

मंसिर १ निर्वाचन आयोगले देशका केही स्थानमा उम्मेदवार लक्षित हिंसात्मक घटना भएकामा दुःख व्यक्त गरेको छ ।

मतदाता, राजनीतिक दल र उम्मेदवारको व्यापक सहभागितामा देशभर व्यवस्थितरुपमा निर्वाचनको अभियान सञ्चालन भइरहेको अवस्थामा मतदाता, उम्मेदवारलाई हतोत्साहित गर्ने तथा निर्वाचनका गतिविधिमा नकारात्मक असरपर्ने खाले गतिविधि नगर्न, नगराउन सम्बद्ध सरोकार भएकासँग आयोगले आग्रह गरेको छ ।

जनताको शान्ति र समृद्धिको चाहनालाई सम्मान गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाटै शान्तिपूर्णरूपमा आफ्ना गतिविधिलाई अगाडि बढाउन सकिने व्यवस्था रहँदारहँदै जनचाहनाविपरीतका हिंसात्मक घटना गराउनु दुःखद्पूर्ण रहेको आयोगले जनाएको छ ।

निर्वाचनका लागि सरकारले बनाएको निर्वाचन सुरक्षा योजनाप्रति विश्वस्त रहेको जनाउँदै आयोगले हालैका दिनमा देशका विभिन्न ठाउँमा भएका घटनाक्रमबाट उम्मेदवारले शान्तिपूर्णरूपमा प्रचारप्रसार गर्न पाउने अधिकार र मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने नैसर्गिक अधिकारमा बाधा व्यवधानले स्तब्ध तुल्याएको जनाएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

बेलैमा थप सुरक्षा सतर्कता अपनाउन सरकारसँग आग्रह गर्दै आयोगले यस्ता गतिविधिबाट हतोत्साही नभई आफ्ना नियमित निर्वाचनसम्बन्धी क्रियाकलापमा संलग्न रहन सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता एवं निर्वाचनका सरोकार भएकासँग अनुरोध गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटकपटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा तथा संस्थागत गर्न देश अहिले लोकतान्त्रिक निर्वाचन अभियानमा अग्रसर रहेको आयोगले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com