Follow @khasokhasmag

बनेपा तनावग्रस्त, अरनिको राजमार्ग अवरुद्ध


प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

१ मंसिर,काभ्रे । ट्रिपरको ठक्करले मोटरसाइकल चालक घाइते भएपछि सुरु भएको विवाद झडपमा परिणत भएपछि बनेपा तनावग्रस्त भएको छ ।

पीडित पक्षले गरेको प्रदर्शन नियन्त्रणवाहिर गएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

परिस्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले बजार बन्द गराएको छ । बनेपामा बा २ ख ६१ ७३ नम्बरको लोढ भएको ट्रिपरले ना १६ प २७१७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

बनेपा हुँदै काठमाण्डौ तर्फ गईरहेको ट्रिपरले फरक साईडमा गएर मोटरसाईकललाई ठक्कर दिइएको बताईएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार चालक धुलिखेल नगरपालिका २ बस्ने बिशाल तामाङ रहेको र उनको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

आक्रोशित भिडले ट्रिपर माथि तोडफोड गरेका छन् भने ती यात्रीको अवस्था र उनको ठेगानाबारे अझै खुल्न सकेको छैन । ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com